जन्मदिन पारेर वालिङ जेसीजका अध्यक्ष लम्सालले गरे दलितबस्ती स्थानान्तरणका लागि नगद सहयोग ।

biswas lamsal

वालिङ : वालिङ जेसिज वर्ष २०२१ का अध्यक्ष विश्वास लम्सालले पैयूँको जोखिम बस्ती स्थानान्तरणको लागि आर्थिक सहयोग प्रदान गर्नु भएको छ। । लम्सालले आफ्नो जन्मोत्सवको अवसरमा पर्वतको पैयूँ गाउँपालिकामा रहेको जोखिम बस्ती स्थानान्तरणको आर्थिक सहयोग गर्नु भएको हो । लम्सालले सहयोग स्वरुप बस्ती स्थानान्तरणको लागि द निर्भीक फाउण्डेसनलाई लागि १० हजार १ सय रुपैयाँ १५ रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो । पर्वतको पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको अति जोखिमा रहेको कारण उक्त बस्ती स्थानान्तरण गरी सुरक्षित आवास निर्माण गर्न “द निर्भीक फाउण्डेसन”ले अभियान सुरु गरेको छ । सोही अभियानलाई आफुले सहयोग गरेर गरीब दुखीले बास पाउने छन भन्ने उद्देश्यले सहयोग गरेको र सहयोग गर्न पाउदा आफुलाई खुसी लागेको द निर्भीक फाउण्डेसन बताउनु भएको छ । उहाँले आफुले सधै यसरी नै आपत वितप र दुखमा रहेकालाई सहयोग गरेर जन्मदिन मनाउने गरेको बताउनु भयो । स्याङ्जाको वालिङ ६ मिर्दीमा घर भएका लम्साल नेपाल विद्यार्थी संघको नेता समेत हुनुहुन्छ ।

Facebook Comments Box
TOP