सरुवा रोग सम्बन्धी प्रशिक्षण
भवानी अधिकारी/स्याङ्जा :
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहीवार स्याङ्जामा स्वास्थ्यकर्मी तथा सरोकारवालाबीच सरुवा रोग सम्बन्धी अभिमूखीकरण कार्यक्रम गरेको छ ।
सरुवा तथा संक्रामक किटजन्य एवं प्रकोपजन्य रोगहरुको रोकथाम, नियन्त्रण तथा ब्यवस्थापन सम्बन्धी सरोकारवालालाई प्रशिक्षण दिइएको हो ।
प्रशिक्षणमा प्रदेशका डा. ज्योती रानाभाटले सरुवा रोगका बारेमा, स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले कोरोना र जिल्लाको अवस्थाका बारेमा, क्षय कुण्ठ अधिकृत विष्णु सुवेदीले कुण्ठरोग सम्बन्धी र ल्याब टेक्निसियन सुशिला कार्कीले गण्डकी प्रदेशका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्दे संक्रमणबाट जोगिन सकिने उपायका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रशिक्षणपछि आयोजित कार्यक्रममा प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारी, प्रशासकिय अधिकृत नवराज बराल,नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाका मन्त्री दिनेश अर्याल, पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख बिष्णु ढकाल लगायतले कोरोनाका अवस्था र संस्थागत रुपमा आफुहरुले गरेका काम कारवाहीका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रशिक्षणमा जिल्लाका एघार वटा स्थानीय तहमा सेवारत स्वास्थ्यकर्मी तथा कर्मचारी लगायत खानेपानी, रेडक्रस, प्रशासन, प्रहरी लगायत संचारकर्मीको सहभागिता थियो ।
यसैगरी, स्याङ्जामा आजसम्म ८ सय २३ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये १९ जनाको मृत्यु भएको छ भने हाल १४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।
समाचार
थप सामाग्री-
मुक्तिनाथ फाउन्डेसनले वाषिकोत्सवको अवसरमा वृहत रक्तदान तथा निशुल्क दन्त परीक्षण
-
गल्याङमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न ।
-
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
-
दहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
-
वालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान
६ दिन अगाडि
काठमाडौं : नेपाली कांग्रेसले स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको छ । नेपाली…