वडा प्रहरी प्रमुख पाैडेल उत्कृष्ट घाेसित हुँदै सम्मानित।
स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिप्रसाद पौडेललाई सम्मान गरेको छ । रचनात्म तथा उदाहरणीय कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक पौडेललाई सम्मान गरेको हो । पौडेल मंसिर महिनाको उत्कृष्ठ प्रहरीको रुपमा पुलिस अफ द मन्थ घोषणा भई सम्मानित हुनुभएको हो ।
पौडेलको नेतृत्वमा बिभिन्न मुद्धाका फरार रहेका प्रतिवादीहरु पक्राउ, अबैध घरेलु मदिरा नियन्त्रण, लागु औषध सहित मानिस पक्राउ, ओसारपोसार कार्यमा रोकथाम एवं अपराध अनुसन्धान तथा नियन्त्रण गरि सर्वसाधारण नागरीकहरुलाई सुरक्षाको अनुभुति हुने गरि काम गर्नुभएको थियो । पौडेलले समाजमा शान्ति सुरक्षा कायम राखी आम नागरिक माझ प्रहरी संगठनको छबि उच्च गराउने कार्यमा अहम भुमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले कदरपत्र र सहित नगद सहित सम्मान गर्नुभएको हो ।
पौडेललाई सम्मान गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक बोगटीले रचनात्मक तथा उदाहरणी कार्य गर्ने कर्मचारीलाई हरेक महिना सम्मान गरिने जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


