प्रसिद्ध धार्मिक क्षेत्र ग्रहौंसुर मन्दिर परिसरमा धर्मशाला बनाईदै ।
वालिङ :
प्रसिद्ध धार्मिक तथा पर्यटीय क्षेत्र ग्रहौंसुर मन्दिर परिसरमा धर्मशालाको बन्ने भएकोछ । वालिङमा पर्ने उक्त क्षेत्रको समग्र बिकासको गुरुयोजना अनुशार धर्मशाला बनाउन लागिएको बताईएको छ ।
धर्मशाला शिलन्यास कार्यक्रममा बोल्दै नगरप्रमुख दिलिपप्रताप खाँणले धार्मिक तथा पर्यटकीय क्षेत्रको बिकासका लागि स्थानीय सरकारले निरन्तर सहयोग गर्ने बताउनु भयो । समग्र स्याङ्जा कै गहनाको रुपमा रहेको ग्रहौंसुर क्षेत्रलाई सबैले सहयोग र संरक्षण गर्नु पर्नेमा उहाँको जोड छ ।
समाजसेवी डोलराज शर्माले मन्दिरलाई नयाँ रुप दिन खेल्नु भएको भूमिकाको प्रशंशा गर्दै निरन्तर सहयोग र सहकार्यको अपेक्षा गर्नुभयो ।
.

शिलन्यास कार्यक्रममा बोल्दै समाजसेवी डोलराज शर्माले देवी माँ को कृपाले नै आफूलाई राम्रो भएको भन्दै मन्दिर क्षेत्रको बिकासका लागि निरन्तर सहयोग गरिहरने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले निर्माण हुन लागेको धर्मशालाका लागि आफूले सहयोग र समन्वय गर्ने बताउनु भयो ।
धर्मशालाको शनिवार समाजसेवी डोलराज शर्माले शिलन्यास गर्नु भएको हो । वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणको उपस्थितीमा शर्माले धर्मशाला भवनको शिलन्यास गर्नु भएको हो ।
कार्यक्रम ग्रहौंशुर धार्मिक तथा पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणको अध्यक्षमा भएको थियो भने सञ्चालन सचिव तिलकराम उपाध्यायले गर्नु भएको थियो ।
पर्यटन बिभागको क्रमागत योजना अन्तरगतको रु ५० लाखको लागतमा निर्माण हुने गरी काम शुरु भएको केन्द्रका कोषाध्यक्ष केशभक्त गुरुङले जानकारी दिनुभयो । उहाँले गुरुयोजनाका आधारमा मन्दिर परिसरमा बिभिन्न कामहरु भईरहेको बताउनु भयो ।
समाजसेवी डोलराज शर्मा र उद्योगी अर्जुन आचार्यलाई सम्मान गरिएको कार्यक्रममा गल्याङ तथा वालिङ नगरपालिकाका जनप्रतिनिधीहरु,पत्रकार,समाजसेवी लगायतको उपस्थिती रहको थियो ।
.



समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


