बालबालिकाको सुन्दर भविष्यका लागि गरिमाले ल्यायो विशेष निक्षेप योजना
काठमाडौं : गरिमा विकास बैंकले ‘सुनौलो भविष्य बाल निक्षेप योजना’ सार्वजनिक गरेको छ । बालबालिकाहरुको सुन्दर भविष्य निर्माणको लागि यो योजना अत्यन्त प्रभावकारी रहेको बैंकले जनाएको छ । योजना अन्तर्गत न्युनतम ५ सय रुपैयाँमा खाता खोलेर निक्षेप योजना भरी मुद्घतीको ब्याज पाउन सकिनेछ । समय समयमा थप बचत थप्दै जान पनि सकिने व्यवस्था बैंकले गरेको छ । भर्खर जन्मेका शिशुदेखि अधिकतम १५ वर्षसम्मका बालबालिकाले यो योजना अन्तर्गत खाता खोल्न सक्नेछन् ।
‘आजको बचत भोलिको आधार’ नारासहित बैंकले यो अफर सार्वजनिक गरेको हो । ‘बचत योजनामा हरेक महिना बचतको केही भाग आफ्नो बच्चाको सुनौलो भविष्यको लागि जम्मा गर्न सकिन्छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले भने, ‘बालबालिकाहरुले भविष्यमा डाक्टर, इन्जिनियर, पाइलट लगायतका दक्षता हासिल गर्ने लक्ष्य लिंदा सोही वमोजिमको अध्ययनका लागि आवश्यक पर्ने खर्चहरुलाई मध्यनजर राखेर आजैबाट योजनावद् तवरले बचत गर्न आफ्ना अभिभावकहरुलाई प्रेरित गर्न सक्नेछन् भने बचत गर्ने बानीको समेत विकास हुनेछ ।’
प्रत्येक ३/३ महिनामा खातामा ब्याज जम्मा हुने र त्यो ब्याजले समेत थप ब्याज कमाइरहने भएकाले यो योजना अत्यन्तै लाभदायक रहेको ढकालले बताए । खातावालाले आफू नागरिकता लिएर सम्बन्धित बैंक शाखामा उपस्थित भए पश्चात यो खाता स्वतः बन्द भई साधारण खातामा परिवर्तन हुनेछ ।
आवश्यक परेको खण्डमा बचतको ८० प्रतिशतसम्म कर्जा सुविधा लिन पनि सकिने बैंकले जनाएको छ । यस योजनामा समय पुगेपछि आफैं निःशुल्क खाता बन्द हुनेछ । यो योजना गरिमा विकास बैंकको सबै शाखा कार्यालयहरुबाट खोल्न सकिनेछ । उदाहरणका लागि महिनाको १० हजार रुपैयाँ जम्मा गर्ने ग्राहकले योजना अन्तर्गत १८ वर्षको लागि खाता खोलेर औषत ९ प्रतिशत पाउने योजना अबधि पश्चात् एकमुष्ठ करिब ५० हजार पाउन सक्नेछन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


