चापाकोटको गण्डकी बेशी सहकारीको दशौं साधारण सभा सम्पन्न,सहकारीले छिट्टै मार्ट र एम्बुलेन्स संचालनमा ल्याउने।
दिबश भण्डारी/चापाकोट : स्याङ्जाको चापाकोट नगरपालिकामा रहेको गण्डकी बेशी बचत तथा ऋण सहकारी संस्थाको दशौ बार्षिक साधारणसभा सम्पन्न भएको छ। चापाकोट नगरपालिकाकै उत्कृष्ट मानिएको उक्त सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष बिन्दु कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि चापाकोट नगरपालिकाका उप-प्रमुख बिमला श्रेष्ठ रहनु भएको भएको थियो।
उक्त कार्यक्रममा उप-प्रमुख श्रेष्ठले सहकारीले समाजमा कृषक,उद्याेगी र ब्यबसायी लाई आर्थिक कारोबारमा टेवा पुर्याउदै समाज बिकासमा सृजनशिल भुमिका निर्बाह गर्ने जिकिर गर्नु भयो। गण्डकी बेशीले आगामी दिनमा बजार र ग्रामीण दुबै इलाकामा उत्पादित सामाग्रीलाई बजारीकरण गरेर समाजलाई आर्थिक उन्नतिको मार्गमा लैजानुपर्ने सुझाव सहित संस्थाको प्रगतिको शुभकामना समेत व्यक्त गर्नुभयो।
यसैबीच संस्थाका उपाध्यक्ष मणि खनालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा कार्यक्रमका वडा अध्यक्षहरू नबराज श्रेष्ठ,शंकर भक्त भण्डारी र रामु कोइरालाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सहकारीका अध्यक्ष बिन्दु कोइरालाले सहकारीले आगामी दिनमा बजार र जनमासको मागलाई मध्यनजर गर्दै नागरिकलाई सेवा दिने हेतु एम्बुलेन्स र व्यावसायिक मार्ट संचालनमा ल्याउने तयारीका साथ सहकारी अगाडी बढिरहेको बताउनुभयो। सो कार्यक्रमको संचालन सचीव भिमराज भण्डारी (शिब) ले गर्नु भएको थियो। ५०० जना भन्दा धेरै सेयर सदस्य रहेको गण्डकी बेशी बचत तथा ऋण सहकारी संस्थाको बार्षिक आय ब्याय प्रतिबेदन प्रस्तुत गर्दै प्रबन्धक हरि डोटेलले कोरोना महामारीको विषम परिस्थितिमा समेत सहकारीले अनपेक्षित उपलब्धि हासिल गरेको जानकारी दिनुभयो।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


