गल्याङ नगरपालिकाको आठौं नगरसभा सम्पन्न ।

galyang sabha

गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिकाको आठौं नगरसभा बुधबार सम्पन्न भएको छ । नगरसभाले विभिन्न १३ बुँदे प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
नगरसभामा नगरप्रमुख भुपराज अधिकारीले प्रस्तुत गर्नुभएको १३ बुँदे प्रस्ताव सर्बसम्मत पारित भएको हो ।
नगरसभा २०७७÷०७८ को पौष मसान्तसम्मको नीति कार्यक्रम तथा बजेट कार्यान्वयनको समिक्षा गरी आम्दानी र खर्चको अनुमोदन गरिएको छ ।
यस्तै, चालु आर्थिक वर्षको आर्थिक ऐन २०७७ लाई संशोधन गर्न बनेको आर्थिक ऐन पहिलो संशोधन विधेयक र सार्वजनिक खरिद नियमावली स्वीकृत गरिएको छ ।
यसैगरी, विपन्न नागरिक आवास निर्माण कार्यक्रम, शिक्षा ऐन संशोधन पनि पारित गरिएको छ ।
यस्तै, नगरपालिकाको मुख्य बजार क्षेत्रको रुपमा बल्पुक, लल्याङ, गल्कोट, मुडकिल्ला तथा तल्लो गल्याङलाई समेटर बजार क्षेत्र निर्धारण गर्ने तय भएको छ ।
यसैगरी दिमिक, जिमुहा, कर्मचौर लबरकोट देखि सम्पास सम्मको भागलाई समेटेर एकिकृत धामिर्क नमूना वस्ती निर्माण गर्ने निर्णय पनि पारित भएको छ भने रकमान्तर सम्बन्धि योजनालाई पनि स्विकृत गरिएको छ । यस्तै सबै नगरवासीलाई विमाको पहुँचमा पु¥याउने र सबै वडाका अति विपन्न परिवारलाई निशुल्क विमा कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय भएको छ ।

.


नगरसभा सदस्य हेमलाल विकप्रति शोक प्रस्ताव पनि पारित गरिएको छ ।
नगरसभाका एजेण्डा प्रस्तुत गर्दै नगरप्रमुख अधिकारीले पछिल्लो छ महिनामा नगरपालिका ३४ दशमलब ८८ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो ।
उहाँले कोरोना संक्रमणका कारण संघबाट नै बजेट कटौती भएको भन्दै सीमित बजेटबाट अधिकतम काम गर्नुपरेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘यस वर्ष बाढि पहिरो पनि बढि भयो, बजेट थप्नुपर्ने बेलामा नगरको प्रशासनिक भवन बनाउनुपर्ने कारणले पनि बजेट कटौती गर्नुपरेको अवस्था छ ।’
उहाँले नगरपालिका भित्रका विपन्न परिवारका लागि आवास निर्माणको प्रक्रिया निरन्तर हुने पनि बताउनुभयो ।

.


नगरप्रमुख अधिकारीले नगरपालिकामा खानेपानीका ठूला आयोजना सञ्चालन तथा बाटो निर्माण तिब्र गतिमा भैरहेको, कृषि क्षेत्रमा विभिन्न कामहरु भैरहेको पनि बताउनुभयो ।
नगरप्रमुख अधिकारीले छोटो समयमा धेरै कामहरु भएपनि अझै पनि जनताका अपेक्षाहरु धेरै भएकाले अझै बढि काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो –‘तपाई सबै जनप्रतिनिधिहरु जनताका बीचमा अझै बढि क्रियाशिल रही अधिकतम सेवा गर्ने प्रयासमा लाग्नुस् ।’
नगरसभामा नगरपालिकाका १६ जना उत्कृष्ट कर्मचारीहरुलाई दोसल्ला, सम्मान पत्र र नगद सहित सम्मान पनि गरिएको थियो ।

.

Facebook Comments Box
TOP