गल्याङ जेसीजको दोस्रो पद हस्तान्तरण सम्पन्न ।

स्याङ्जा : स्याङ्जा गल्याङमा अवस्थित गल्याङ जेसीजले एक भव्य गरि शुक्रबार आफ्नो दोस्रो पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा संविधान सभा सदस्य राजु थापाले, राजनीति विधिको शासन, समृद्ध समाज निर्माण र मानव सभ्यताको निम्ति हुनुपर्छ भन्दै विश्वलाई गौतम बुद्धले दिएको सन्देश अनुरुप विश्वशान्तिको प्राप्तिको लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । युवा नेता गुरु प्रसाद भट्टराईले जेसीजले वकालत गर्ने विधिको शासनको कुरा वर्तमान राजनैतिक परिवेशमा महत्त्वपूर्ण रहेको कुरा बताउनुभयो । वहाँले राजनैतिक एवम् सामाजिक संस्थाहरुले जेसिजको आस्था अनुरुप काम गरे छिटै देश रुपान्तरण हुने बताउनुभयो ।
.

नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भोजराज चापागाईंले निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्षको रूपमा गल्याङ जेसीजलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गल्याङ १०का वडा अध्यक्ष तथा मातृशाखा वालिङ् जेसीजका सल्लाहकार ध्रुव पंगेनीले जेसीजले आत्मसात गरेको विधीको शासन महत्त्वपूर्ण रहेको बताउनुभयो । भिरकोट ५ का वडा अध्यक्ष एवम् मातृशाखा वालिङका पुर्व अध्यक्ष लक्ष्मण अधिकारीले गल्याङ जेसीजले विषम परिस्थितिमा समेत उल्लेखनीय कार्य गरेको कुरा बताउनुभयो ।
मातृशाखा वालिङ जेसीज वर्ष २०२०का अध्यक्ष होमकान्त गौतमले गल्याङ जेसीजले वर्ष २०२०मा उत्कृष्ट शाखाको संमान प्राप्त गरेको भन्दै प्रसंशा गर्नुभयो । नेपाल जेसीज वर्ष २०२० का कार्यकारिणी उपाध्यक्ष लालमणी भण्डारीले जेसिजको उदेश्य अनुरुप काम गर्न गल्याङ जेसीजलाई शुभकामना दिनुभयो । कार्यक्रममा गल्याङ जेसीजका संस्थापक अध्यक्ष शिव प्रसाद खनाल, भीरकोट जेसिज वर्ष २०२०का अध्यक्ष मिना खाँड, नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष भरत लम्साल, नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका पुर्व जिल्ला अध्यक्ष चन्द्रमणि पौडेल , गल्याङ उद्योग बाणिज्य संघका उपाध्यक्ष बाबुराम पाण्डे, गल्याङ च्याम्बर अफ कमर्सका अध्यक्ष गंगा श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
.

कार्यक्रममा २०२०का अध्यक्ष दर्बेन्द्र देब खनालको गलामा रहेको चाँदीको माला संस्थापक अध्यक्ष शिव प्रसाद खनाल र मातृशाखा वालिङका अध्यक्ष होमकान्त गौतमले २०२१ का अध्यक्ष गोपिकृष्ण रेग्मीको गलामा लगाइदिनुभएको थियोे । नव नियुक्त अध्यक्षलाई वर्ष २०२० का अध्यक्ष दर्वेन्द्र देव खनालले सपथ खुवाउनुभएको थियोे । बर्ष २०२० का अध्यक्ष दर्बेन्द्र देब खनालले सामाजिक कामप्रतिको आफ्नो भोक अझै नमरेको र थप उल्लेख्य कार्य गर्ने कुरा बताउनुभयो । वर्ष २०२१ का लागि पदग्रहण गर्नुभएका अध्यक्ष गोपिकृष्ण रेग्मीले आफुले वर्ष भरी गर्न चाहेका कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।
उहाँले कानुनी सल्लाहकारमा खगेन्द्र भण्डारी, महासचिवमा ऋषी बस्याल जिम्माल कान्छो र कोषाध्यक्षमा साधना न्यौपानेलाई मनोनीत गर्नुभयो । कार्यक्रममा “उत्कृष्ट संचारकर्मी सम्मान” द्वारा लक्ष्मी टेलिभिजनका अध्यक्ष दधिराम पाण्डेलाई सम्मान गरिएको थियोे । त्यसैगरी उत्कृष्ट पदाधिकारी पुरस्कारद्वारा महासचिव खगेन्द्र भण्डारीलाई र उत्कृष्ट मनोनीत पदाधिकारी पुरस्कारद्वारा अध्यक्षीय सल्लाहकार प्रतिमा भट्टराईलाई प्रदान गरिएको थियोे । कार्यक्रम संयोजक प्रकाश भुषालको स्वागतसंगै शुरूवात भएको कार्यक्रमको संचालन महासचिव खगेन्द्र भण्डारीले गर्नुभएको थियोे भने दोस्रो चरणको कार्यक्रम संचालन वर्ष २०२१का महासचिव ऋषी बस्यालले गर्नुभएको थियो ।
.

पहिलो चरणको कार्यक्रमको अध्यक्षता वर्ष २०२०का अध्यक्ष दर्बेन्द्र देब खनाल र दोस्रो चरणको कार्यक्रम वर्ष २०२१ का अध्यक्ष गोपिकृष्ण रेग्मीले गर्नुभएको थियोे । विश्व भरिका युवाहरूको अग्रणी संस्था जेसीआईले परिवर्तित विश्वको लागि नेतृत्व तयार गर्ने कार्य गरि विधिको शासन, युवाहरुको सकारात्मक परिवर्तन, उद्धमशिलता, सामुदायिक विकाश एवम् विश्वशान्तिको प्राप्तिको लागि कार्य गरिरहेको छ । संयुक्त राष्ट्र संघ द्वारा अघि बढाईएका दिगो विकासका १७ वटा लक्ष्य प्राप्तिको लागि समेत यस संस्थाले कार्य गरिरहेको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…