गैह्रे दम्पतीद्वारा गुरुकुलका बिद्यार्थी र बृद्धाश्रमका बृद्धबृद्धालाई न्यानो कपडा बितरण ।
वालिङ :
वालिङ नगरपालिका वडा नम्वर १० निवासी मेघराज गैह्रे र कविता तिवारी गैह्रेले रामनदी धाम राम्दीमा रहेको संस्कृत गुरुकुलका बिद्यार्थीहरु तथा शीवपार्वती बृद्धाश्रममा बस्ने बृद्धबृद्धाहरुलाई न्यानो कपडा बितरण गर्नु भएको छ । उहाँहरुले आफ्ना बुबा बिष्णु प्रसाद गैह्रेको स्मृतिमा कपडा बितरण गर्नुका साथै एक दिनको भोजन समेत गराउनु भएको आश्रमका प्रमुख सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।
.
पाईनिअज हायर एजुकेशन एकेडेमीका प्रमुख रहनु भएका मेघराज गैह्रे तथा दियालो संस्था,गतिशिल महिला बहुउद्देश्यीय संस्था, शिवपार्वती बृद्धाश्रम राम्दीको समेत अध्यक्ष रहनु भएकी कविता तिवारी गैह्रेले यसअघि पनि आश्रम तथा गुरुकुललाई बिभिन्न सामाग्री प्रदान गर्दै आउनु भएको आश्रमका प्रमुख श्रेष्ठले बताउनु भयो ।
.
समाचार
थप सामाग्रीदहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
३ दिन अगाडि
भीरकोट : दहथुम बहुमुखी क्याम्पसमा अध्ययनरत ७१ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ । भीरकोट नगरपालिकाको आर्थिक सहयोगमा क्याम्पसले शनिबार…