पत्रकार सिग्देललाई शिव प्रसाद पोख्रेल स्मृतिको शैक्षिक पत्रकारिता पुरस्कार ।

shreekrishna Sigdel

स्याङजा : नेपाल प्रेस युनियन स्याङ्जाका निवर्तमान् अध्यक्ष श्रीकृष्ण सिग्देललाई यस बर्षको शिव प्रसाद पोख्रेल स्मृतिको शैक्षिक पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । सिग्देलले शिक्षा र पत्रकारिता क्षेत्रमा दिनुभएको योगदानलाई मुल्यांकन गर्दै नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाले उक्त निर्णय गरेको हो । सिग्देल राजधानी दैनिक,सगरमाथा टिभी, पब्लिक आवाज लगायतका सञ्चार संस्थासँग आवद्ध हुनुहुन्छ । पत्रकार सिग्देल लामाे समय देखि वालिङमा बसेर पत्रकारिता गर्दै आउनु भएकाे छ ।

Facebook Comments Box
TOP