कोभिड प्रभावित कृषक तथा नवउद्यमीहरुलाई कृषि औजार हस्तान्तरण

वालिङ:
वालिङ नगरपालिकाका कोभिड प्रभावित कृषक तथा नवउद्यमीहरुलाई कृषि औजार हस्तान्तरण गरिएको छ । वालिङ नगरपालिका र युनडिपीको आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चालित ‘कोभिड १९ उद्धार सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत वालिङ नगरपालिकाभित्रका कोभिड प्रभावित कृषकहरुलाई टनेल,भ¥याङ, सिकेचर र करौैती लगायतका हस्तान्तरण गरिएको हो ।
कृषि औजारहरु हस्तान्तरण गर्नुहुँदै नगर उपप्रमुख कल्पना तिवारीले उत्पादन बृद्धि गराउने उद्देश्यले कषि औजार तथा सामाग्रीहरु बितरण गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कोरोनाको प्रभावका कारण मारमा परेका कृषकहरुलाई राहत पुर्याउन सामाग्री बितरण गरिएको हो ।’
नगरउपप्रमुख तिवारीले निशुल्क रुपमा प्राप्त भएका समाग्रीहरुको सदुपयोग गरि आर्थिक बृद्धि गर्न कृषकहरुलाई सुझाव दिनुभयो । उत्पादन बढेको देख्न पाईयोस् भन्दै उपप्रमुख तिवारीले अरुलाई पनि हौसला मिल्ने गरी काम गर्न आग्रह गर्नुभयो ।
.

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कोभिड प्रभावित कृषकहरुलाइ सहयोग गर्न र उनिहरुलाइ आर्थिक रुपममा सबल बनाउनको लागि नगरपालिका सदैव कृषकको साथमा छ भन्ने बुझ्न पनि आग्रह गर्नुभयो । उहाँले नगरपालिकाको समग्र आर्थिक बृद्धिका लागि बिभिन्न साझेदार संस्थाहरुसँग मिलेर काम गरिरहेको जानकारी दिनुभयो ।
परियोजना अन्तरगत कोभिड प्रभावित कृषकहरुलाई उनीहरु कै मागका आधारमा बिभिन्न सामाग्रीहरु प्रदान गरिदै आएको दियालो युएनडिपी नेपालका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो । उहाँले कृषक तथा नवउद्यमीको मागका आधारमा बिभिन्न प्रकृतिका सीपमूलक तालिमहरु सञ्चालन भईरहेको बताउनु भयो ।
.


समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…