स्याङ्जामा घाँस काट्ने क्रममा लडेर एकको मृत्यु

death

 स्याङ्जा : घाँस काट्ने क्रममा खोल्सामा लडेर स्याङ्जामा एक वृद्धाको मृत्यु भएको छ । स्याङ्जा जिल्लाको हरिनास गाँउपालिका वडा नं ५ वसन्तडाँडा बस्ने ६४ वर्षीय सेती कमिनी शनिबार खोल्सामा मृत भेटिएकी हुन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले दिएको जानकारी अनुसार ती वृद्धा शनिवार पौने ६ बजे खोल्सामा मृत अवस्थामा फेला परेकी हुन् ।

दिउसो ४ बजे घाँस काट्न भनी घरबाट निस्किएर नफर्किए पछि मृतकका आफन्तले खोजतलास गरेका थिए । बुर्धैरोको घाँस काट्ने क्रममा अन्दाजी २० मिटर तल लडेको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको रेग्मीले जानकारी दिनुभएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP