संघका निर्वाचित पदाधिकारीवाट पदभार ग्रहण

भवानी अधिकारी/स्याङजा :
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको १५ औं महाधिवेशनवाट निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् ।
संघका नबनिर्वाचित अध्यक्ष रविन्द्रमान श्रेष्ठलाई अध्यक्ष विक्रान्तकुमार श्रेष्ठ सुवर्णले सपथ गराउदै माइन्यूट हस्तान्तरण गर्नु भएको थियो । साथै, सोही कार्यक्रममा नवनिर्वाचित सबै पदाधिकारीले सथप गरेका थिए ।
कार्यक्रमको उदघाटन गर्दैै नेपाल उद्योग वाणिज्य महासंघका के देवकुमार श्रेष्ठले सानादेखि ठूला सबै ब्यवसायीका हक, हित र अधिकारको रक्षा गर्दे उपभोक्ताको अधिकारलाई समेत ध्यान दिनुपर्ने बताउनुभयो । सबै ब्यवसायीको एकताले नै अर्थतन्त्र बलियो रहने र बलियो अर्थतन्त्रले मात्र हामीलाई बलियो बनाउनेमा जोड दिनुभयो ।
.

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शशि लम्साल, महासंघका केन्द्रीय सदस्य द्धय कँुवेरकुमार श्रेष्ठ र बाबुराम गिरी, गण्डकी प्रदेश उपाध्यक्ष मोतीप्रसाद पौडेल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला, लेखनाथ वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, पूर्व केन्द्रीय सदस्य चोपनारायण श्रेठ, नेपाली कांगे्रसका पूर्व महासमिति सदस्य मुन्ना शेख, राप्रसा संयुक्तका संयोजक जयनारायण श्रेष्ठ, निर्वतमान महासचिव भीमकुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, घरेलु तथा साना उद्योग विकास समितिका अध्यक्ष जुमकाजी गुरुङ लगायतले शुभकामना सहित वधाई ब्यक्त गर्नुभएको थियो ।
अध्यक्ष रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद मन्तब्य वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठले र महासचिव रामचन्द्र नेपालले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…