माघ १ गते सार्वजनिक बिदा
काठमाडौं : सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघे संक्रान्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
राष्ट्रियसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले आज बसेको मन्त्रिपरिषद्ले माघे सक्रान्तीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनु भयाे ।
माघे संक्रान्ती थारू जातिहरूको मात्र नभएर सबैको राष्ट्रिय पर्व भएकोले सार्वजनिक बिदा दिने निर्णय गरिएको पनि उहाँले बताउनु भयाे।
Facebook Comments Box
समाचार
थप सामाग्रीदहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
३ दिन अगाडि
भीरकोट : दहथुम बहुमुखी क्याम्पसमा अध्ययनरत ७१ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ । भीरकोट नगरपालिकाको आर्थिक सहयोगमा क्याम्पसले शनिबार…