भूकम्पले भत्काएको घर पहिरोले लग्यो,कमाउने उमेर हुँदै गएको छोराको मिर्गौला फेल !

keshab thapa

वालिङ :
भनिन्छ दैव एकैपटक लाग्छ र सबैतिरबाट आक्रमण हुन्छ,अनि मानिसलाई चल्नै नसक्ने गरी थला पार्छ । हो त्यस्तै भएको छ । वालिङ नगरपालिका वडा नम्वर १० चिलाउनेखर्क (साविक तीन्दोबाटे ४) का ज्ञान बहादुर थापाको परिवारमा ।
बिक्रम सम्वत २०७२ सालमा आएको भूकम्पले उहाँको घर भत्काईदियो टालटुल गरी बसेको घर गतसाल आएको पहिरोले लगिदियो त्यती मात्रै होईन त्यो ठाँउमा बस्नै नमिल्ने गरी जमिनको धाँजा फाट्यो र परिवार बिस्थापित भयो । ज्ञान बहादुरको परिवार मात्रै होईन चिलाउने खर्कमा बस्दै आएको अन्य परिवारहरु पनि बिस्थापित भए ।
उनीहरुलाई अहिले मदिखोलामा बिभिन्न घरमा र छाप्रो बनाएर राखिएको छ । ज्ञान बहादुर थापा मात्रै होईन उहाँकी पत्नि पनि मजदुरी गर्दै परिवार चलाउदै आउनु भएको थियो । परिवार त्यती बेला झनै छाँगा बाट खसे झै भयो तव सामान्य बिरामी भएको छोरालाई अस्पतालले मिर्गाैलाले अव काम गर्दैन भनिदियो । छोरा केशव थापाको उमेर १८ बर्षको छ उनी पढ्दैछन् तर अचानक मिर्गाैलामा समस्या आए पछि परिवार मात्रै होइन उहाँको परिवारलाई संरक्षण दिएर राखेका गाँउले समेत चिन्तित छन् ।
पोखराको मणिपाल अस्पतालमा उपचाररत छोरा केशवको मिर्गाैला प्रत्यारोपण एक मात्रै बिकल्प रहेको अस्पतालले बताईसकेको छ ।
छोराले अव त केही गर्ला भन्ने बेलामा छोरा नै गुमाउनु पर्ने हो कि भन्ने चिन्ताले परिवार पीडामा रहेको छ । परिवारलाई निरन्तर सहयोग गर्दै आउनु भएकी स्थानीय सिर्जना पौडेलले भन्नुभयो, परिवार निक्कै पिडामा छ हामीले कसरी सान्त्वना दिनु कुनै शव्द नै छैन ।
उहाँले थप्नुभयो, सबैले सक्दो सहयोग गरिदिने हो भने परिवारको उद्धार नै हुने थियो ।
१८ बर्षीय किसोर केशवको जीवन रक्षाका लागि उहाँका आमा ईन्द्रा कुमारी खवासको नाममा गरिमा बिकास बैंक वालिङ शाखामा खोलिएको ००१०१३०००००९४५०००००१ नम्वरको खातामा आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।
उता बिदेशमा रहेको बिभिन्न मनकारी व्यक्तिहरुले समेत केशव थापा बचाउ अभियान शुरु गरेकाछन् दक्षिण कोरियामा रहनु भएका सूर्य प्रसाद पौडेलका अनुशार वालिङका स्थानीय ओमप्रकाश गैह्रेको नाममा छुट्टै खाता खोलेर रकम जम्मा गर्न शुरु गरिएको छ । वालिङका पण्डितथोक,मदिाखोला तथा पाठखोलाका युवाहरुले केशव थापा बचाउ अभियान शुरु गरेको बताइएको छ ।

.

नेपालकाे लागि indra kumari khawas – 00101300000945000001 (गरिमा बिकास बैंक,वालिङ)

रकम जम्मा गर्ने बैंक..IBK bank(03)

ओमप्रकाश गैह्रे खाता नं. 607 026209 01 017

दक्षिण काेरियाका लागि सम्पर्क व्यक्तिहरु :

1.ओमप्रकाश गैह्रे 010 6463 6360

2.राजु पङ्गेनी 010 2597 5243

3.सूर्य प्रसाद पाैडेल 010 2945 979

Facebook Comments Box
TOP