गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिवारीलाई गल्याङ चेम्बरद्वारा स्वागत

गल्याङ : गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीलाई गल्याङ चेम्बर अफ कमर्सले स्वागत गरेको छ ।
मंसिर आठ गते देखि गल्याङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदमा आउनुभएका तिवारीलाई गल्याङ चेम्बर अफ कमर्सले आफ्नै कार्यालयमा एक कार्यक्रम गरी स्वागत गरेको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तिवारीले गल्याङ चेम्बर र नगरपालिका मिलेर नगरको विकासमा सहकार्य गर्न आफु प्रतिबद्व रहेको बताउनुभयो ।
कर्मचारी प्रशासन जनमैत्री हुनुपर्नेमा जोड दिदै उहाँले सरल तरिकाबाट अधिकतम सेवा दिनुपर्ने बताउनुभयो ।
अहिलेको नगर तथा गाउँपालिका पहिलेको जस्तो नगरपालिका र गाउँ विकास समिति जस्तो नभएको भन्दै प्रमुख तिवारीले संविधानले सरकारको रुपमा व्याख्या गरेकाले सोही अनुसारका सेवा सुविधाको व्यवस्था रहेको बताउनुभयो ।
गल्याङ नगरपालिकाले दुध उत्पादन, कृषि क्षेत्र एवम् विपन्नको घर निर्माण लगायतका निकै राम्रा कार्यक्रमहरु ल्याएको भन्दै उहाँले यसलाई सबै मिलेर सफल बनाउँदै जानुपर्ने बताउनुभयो ।
उहाँले गल्याङ चेम्बर, उद्योग वाणिज्य संघ जस्ता संस्थाले रोजगारी र स्वरोजगारीको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।
सुनको थाल लिएर माग्ने प्रबृत्ति रहेको भन्दै प्रमुख तिवारीले आफुसँग भएको क्षमता, श्रोत साधनको उच्चतम प्रयोग गर्नुपर्ने बताउनुभयो ।
चेम्बर अफ कमर्सले उत्पादन र रोजगारीका लागि विशेष योजना ल्याउनुपर्नेमा जोड दिदै उहाँले त्यसका लागि प्रशासनीक क्षेत्रबाट गर्नुपर्ने सहयोगका लागि आफु सधैं सहयोगी बन्ने बताउनुभयो ।
कार्यक्रममा गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले नगरपालिकाको विकासका लागि आफुहरु जुनसुकै बेला जस्तो सुकै सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
गल्याङ चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाटले व्यवसायीका हितका साथै नगरपालिकाको विकास निर्माण प्रक्रियामा आफुहरुले सधैं सहकार्य गरिरहेको बताउनुभयो ।
उहाँले गल्याङ चेम्बर अफ कमर्सको सदस्यता लिएका व्यवसायीहरुलाई विना धितो एक लाख रुपैयाँ ऋण दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
गल्याङ चेम्बरका महासचिव दलबहादुर सिंजालीले गत वर्षको माघ महिनामा चेम्बरले ऐतिहासिक गल्याङ महोत्सव सम्पन्न गरेको जानकारी दिनुभयो ।
गल्याङ चेम्बर अफ कमर्समा गल्याङ नगरपालिका भित्रका दुई सय ५० भन्दा बढि सदस्य आबद्व रहेको चेम्बरले जनाएको छ ।

Facebook Comments Box
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्‍यो सम्मान
६ दिन अगाडि

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको छ । नेपाली…

TOP