वालिङ जेसीजको अध्यक्षमा लम्साल निर्वाचित
वालिङ :
वालिङ जेसीजको अध्यक्षमा बिश्वास लम्साल निर्वाचित हुनु भएको छ । आज भएको अधिबेशनले बर्ष २०२१ का लागि लम्सालको अध्यक्षतामा सर्बसहमतीमा समिति चयन गरेको हो ।
नवनिर्वाचित समितिको कार्यकारिणी उपाध्यक्षमा मणि प्रसाद अर्याल र चुत्र बहादुर महत रहेकाछन् ।
त्यस्तै उपाध्यक्षहरुमा गणेश राउत,निर्भिकनारायण भूर्तेल,रोनिश श्रेष्ठ र भानुभक्त आचार्य चयन हुनु भएको निर्वाचन अधिकृत देब बोगटीले जानकारी दिनुभयो ।
यसअघि अधिबेशनको उद्घाटन गर्दै वालिङ जेसीजका संस्थापक तथा सल्लाहकार धुर्ब शर्मा पंगेनीले युवा परिवर्तनको संवाहक भएको भन्दै सक्षम र सवल हुने गरी आफूमा निखारता ल्याउनु पर्ने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा जेसीजका पूर्ब अध्यक्षहरु राजु तिवारी र प्रदिप कोइराला, कानुनी सल्लाहकार धुर्ब पंगेनी लगायतले बोलेका थिए ।
वालिङ जेसीज बर्ष २०२० का अध्यक्ष होमकान्त गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन तत्कालिन महासचिव बिश्वास लम्सालले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


