औद्योगिक ग्रामको डिपिआर सकियो, झण्डै २८ करोड लाग्ने
वालिङ:
वालिङमा निर्माण हुने औद्योगिक ग्रामको डिपिआर सकिएको छ । वालिङ १० बैंडीमा निर्माणाधिन अवस्थामा रहेको औद्योगिक ग्राम सम्पन्न गर्नका लागि कूल रु. २७ करोड ९५ लाख १३ हजार ९१२ लागत लाग्ने नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
केन्द्रीय सरकारले अगाडि बढाएको एक पालिका एक औद्योगिक ग्राम नीति अनुसार वालिङ नगरपालिकाले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा औद्योगिक ग्राम निर्माण कार्य अगाडि बढाएको नगर प्रमुख खाँणले बताउनुभयो ।
“औद्योगिक ग्राम निर्माणमा तीन वटै सरकारको संयुक्त लगानी हुन्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “यसको स्वामित्व स्थानीय तहमै रहने र ब्यवस्थापन पनि स्थानीय तहले नै गर्ने छ ।”
औद्योगिक ग्रामको डिपिआर तयार भईसकेको र हाल आँधीखोला नियन्त्रणका लागि तटबन्ध तथा ग्रामसम्म पुग्नका लागि पहुँच मार्ग निर्माण गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।
विशेष गरेर स्थानीय उत्पादनहरु, स्थानीय कच्चा पदार्थहरुको प्रयोग गरी सञ्चालन गरिने साना तथा मझौला उद्योगहरु यहाँ सञ्चालन हुने नगर प्रमुख खाँणले बताउनुभयो ।
उद्योगहरु एकै ठाउँमा सञ्चालनमा आउने भएकाले पनि ब्यवस्थापनका लागि सहज हुने भएको हो ।
पहिलो चरणको निर्माण कार्यका लागि केन्द्र सरकारको ९२ लाख, गण्डकी प्रदेश सरकारको ३० लाख र बाँकी वालिङ नगरपालिकाको लागत सहभागितामा आर्थिक वर्ष २०७६÷०७७ मा नदी नियन्त्रणका लागि एक करोड ४८ लाख ३३ हजारको लागतमा ठेक्का सम्झौता भई काम भईरहेको नगरपालिकाका ईञ्जिनियर ध्रुब रेग्मीले बताउनुभयो ।
पहिलो चरणमा केन्द्र र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट आँधीखोला तटबन्ध ३५० मिटर, ६० मिटर आरसिसी वाल र एक कल्भर्ट निर्माण, ग्रामसम्म पुग्नका लागि पहुँच मार्ग, पर्खाल, प्रवेशद्वारको काम हुने ईञ्जिनियर रेग्मीले बताउनुभयो ।
नगरपालिकाले बिनियोजन गरेको बजेटबाट प्रशासनिक भवन, विद्युत प्रसारण लाईन, स्वास्थ्यचौकी, शौचालय, चमेनागृह, सुरक्षाकर्मी भवनसहित नाके डाँडा १७ मिटर कटान गर्ने ईञ्जिनियर रेग्मीले बताउनुभयो । औद्योगिक ग्रामले स्थानीयस्तरमा रोजगारीका अवसरहरु सिर्जना गर्ने र उद्योगी ब्यवसायीहरुलाई राहत मिल्ने विश्वास ईञ्जिनियर रेग्मीले गर्नुभयो ।
नगरपालिकाले वालिङभित्रका वडा नं. १० बैंडी, वडा नं. १ को बौवा, ११ को पञ्चमुल, वडा नं. १२ को धनमूढा,१३ को बाह्रविसे र १४ को तिवारी पसल गरी पाँच स्थानमा औद्योगिक ग्राम निर्माणका लागि जग्गा छनोट गरेको र पहिलो चरणमा बैंडीमा काम थालिएको नगरपालिकाले जनाएको छ ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
५ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…