भीरकोट जेसीजको अध्यक्षमा प्रसुन मगर निर्वाचित ।
भीरकोट :
भीरकोट जेसीजको अध्यक्षमा प्रसुन मगर निर्वाचित हुनु भएको छ । आज भएको अधिबेशनले मगरको अध्यक्षतामा बर्ष २०२१ का लागि नयाँ कार्यसमितिको सर्बसहमतीमा निर्वाचित गरेको हो ।
नवनिर्वाचित कार्यसमितिका कार्यकारिणी उपाध्यक्षमा शुसिल खाँण र भरत खड्का रहेका छन् । त्यस्तै उपाध्यक्षमा सिर्जना गौतम, बिजय गुरुङ,राम कुमार बिक र कमल रेग्मी निर्वाचित भएकाछन् ।
.

नवनिर्वाचित अध्यक्षले महासचिव,कोषाध्यक्ष लगायतका पदमा मनोनित गर्ने प्रचलन रहेको छ ।
यसअघि अधिबेशनको उद्घाटन गर्दै भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले युवाहरु उद्यमशीलता तर्फ लाग्नु पर्ने बताउनु भयो । उहाँले युबाहरु देशको शक्ति भएको बताउनु भयो ।
कार्यक्रममा भीरकोट नगरपालिकाका उपप्रमुख सिमा केसी कर्माचार्य, नेपाल जेसीजका पूर्ब राष्ट्रिय उपाध्यक्ष अमृत अर्याल,मातृ शाखा वालिङ जसीजका अध्यक्ष होमकान्त गौतम, वडा अध्यक्ष एबं वालिङ जेसीजका पूर्ब अध्यक्ष याम प्रसाद अधिकारी लक्ष्मण लगायतले बोलेका थिए ।
कार्यक्रम भीरकोट जसीज बर्ष २०२० का अध्यक्ष मिना खाँणको अध्यक्षता प्रसुन मगरको सञ्चालनमा सम्पन्न भएको थियो । त्यस्तै कार्यक्रममा सुन्दर कोइरालाले स्वागत र कृृष्ण पौडेलले धन्यवाद मन्त्तव्य राखेका थिए ।
.

समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
२ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


