ओली सरकार बिरुद्ध सडकमा उत्रियाे तरुण दल वालिङ

tarundal syangja-3

वालिङ :  नेपाल तरुण दल वालिङ नगर समितिले सरकारको विरुद्ध सडकमा उत्रिएकाे छ । प्रधान मन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेर असवैधानिक काम गरेको भन्दै तरुद दल वालिङले बिरोध स्वरुप मोटरसाइकल र्‍याली गरेको हो ।

नेपाली कांग्रेसले भाेलि पौष १३ गते देशभर गर्ने विरोध प्रदर्शनको तयारी रहेको तरुण दलले जनाएको छ । पार्टी कार्यालयबाट सुरु भएको  मिर्दी, त्रियासी,खहरे, भकुण्डे हुदै पुन मोडमा आएर कोण सभामा परिणत भएको थियो ।

.

कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति बुद्धि बहादुर राना कुमारले प्रधानमन्त्री केपी ओलीले नेपालको संविधान विपरित सर्वसत्ताबाद लाद्न र अधिनायकबाद हावी गराउन गरेको संसद विघटनले मुलुक दुर्घटनमा परेको बताउनु भयो ।

उहाँले गैर जिम्मोवारी सरकार बिरूद्ध सडकमा उत्रिन अाग्रह गर्नु भयाे । त्यस्तै नेपाल तरुण दल वालिङ नगर समितिका अध्यक्ष आशिष प्रताप खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले चालेको असंवैधानिक कदमको बिराेध गर्दैअागामी दिनमा थप कडा रुपमा प्रस्तुत हुने बताउनु भयो ।  

भिडियाे : ओली सरकार विरुद्ध तरुणदल वालिङ सडकमा उत्रियो

Facebook Comments Box
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्‍यो सम्मान
६ दिन अगाडि

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको छ । नेपाली…

TOP