शक्ति प्रदर्शनसहित पुल उद्घाटन,केपी ओली व्यक्ति हत्यामा जेल परेका हुन् : रामचन्द्र पौडेल
तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश पोख्नु भएकाे छ ।
बुधबार गृहजिल्ला तनहुँमा पुल उद्घाटनका लागि पुगेका पौडेललाई प्रहरीले धरपकड गरेपछि उनी प्रधानमन्त्री ओलीप्रति रुष्ट हुनु भएकाे हाे ।
पौडेलले बिहीबार बोल्दी खोलामा निर्माण भएको पुल उद्घाटन गर्दै उनले कम्युनष्टिहरु लोकतन्त्रिक नहुने र उनीहरु अझै नसुध्रेको आरोप लगाउनु भयाे । उहाँले प्रधानमन्त्री ओली व्यक्ति हत्या आरोपमा १४ वर्ष जेल बसेको भन्दै कटाक्ष गर्नुभयाे ।
पौडेलले भन्नुभयाे, ‘कसले भन्यो ओली लोकतन्त्रको नाममा १४ वर्ष जेल बसे भनेर? ज्यान मुद्दामा बसेका हुन्। कहाँबाट लोकतन्त्रका लागि बसे? म जस्तो आस्थाका लागि बसेको होइन।’
पौडेल पनि पञ्चायत विरोध आन्दोलनमा १४ वर्ष जेल पर्नु भएकाे थियाे। उहाँले राष्ट्रवादको कुरा गर्ने ओलीले बालुवाटारमै भारतीय गुप्तचर प्रमुखसँग भेटेको भन्दै असन्तुष्टि जनाउनु भयाे।
याे पनि : कांग्रेस वरिष्ठ नेता पौडेलको पक्राउको स्याङजामा बिरोध प्रदर्शन ।
पौडेलले बुधबार रोकिएको तनहुँको बुल्दीखोला पुल आज (विहीबार) उद्घाटन गर्नु भएकाे हाे । तनहुँ व्यास नगरपालिका १,१० र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल बुधबार उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो ।
बुधबार नेकपाका कार्यकर्ताले अवरोध गरेसँगै रोकिएको पुल उद्घाटनको कार्यक्रम आज पौडेलले नै रिबन काटेर पुल उद्घाटन गर्न भएकाे हाे ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


