कांग्रेस वरिष्ठ नेता पौडेलको पक्राउको स्याङजामा बिरोध प्रदर्शन ।

भवानी अधिकारी/स्याङजा :
वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्राउको बिरुद्धमा नेपाली कांग्रेस स्याङ्जाले विरोध प्रर्दशन गरेको छ।
पुल उदघाटन गर्न पुगेका नेता पौडेलमाथि भएको दुब्र्यवहारप्रति बिज्ञप्ती मार्फत खेद प्रकट सहित बिहीवार सदरमुकाममा बिरोध र्याली गरेको हो।
कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमारले बुधवारको घटनाले संबिधानको उल्लंघन गरेको बताउनुभयो । उहाले भन्नुभयो ‘सरकारले मानव अधिकार, कानूनी राज्य, मौलिक हक लगायत आधारभूत मूल्य मान्यमाथि नांगो प्रहार गरेको छ, योजनाबद्ध षडयन्त्रवाट लोकतान्त्रिक ब्यवस्थामा शान्ति खलबल्याउने तथा राज्यलाई द्धन्द्धमा धकेल्ने सरकारको गैरजिम्मवार कार्य हो।’
कोणसभालाई सम्बोधन गर्दे सभापति रानाले जिल्लामा शिलान्यास वा उदघाटन कार्य राजनैतिक सहमति बिना नगर्न भन्दै अनुरोधलाई वेवास्ता गरिएमा स्याङजा कांग्रेस प्रतिरोधमा उत्रने चेतावनी दिनुभयो।
बिरोध रयालीले सदरमुकाम परिक्रमा गर्दै सहिदचोकमा पुगेर कोणसभा गरेको थियो। रयालीले सरकारका बिरोधमा चर्का नारा लगाउदै सरकारको अधिनायकवादी चरित्र बुधवारको घटनाले उदांगो भएको र सरकारको अभिष्ट पुरा हुन नदिन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता एकजुट भई सशक्त प्रतिरोध गर्ने प्रवक्ता इन्द्र गोदारले बताउनुभयो ।
.

समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…