कांग्रेस वरिष्ठ नेता पौडेलको पक्राउको स्याङजामा बिरोध प्रदर्शन ।
भवानी अधिकारी/स्याङजा :
वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्राउको बिरुद्धमा नेपाली कांग्रेस स्याङ्जाले विरोध प्रर्दशन गरेको छ।
पुल उदघाटन गर्न पुगेका नेता पौडेलमाथि भएको दुब्र्यवहारप्रति बिज्ञप्ती मार्फत खेद प्रकट सहित बिहीवार सदरमुकाममा बिरोध र्याली गरेको हो।
कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमारले बुधवारको घटनाले संबिधानको उल्लंघन गरेको बताउनुभयो । उहाले भन्नुभयो ‘सरकारले मानव अधिकार, कानूनी राज्य, मौलिक हक लगायत आधारभूत मूल्य मान्यमाथि नांगो प्रहार गरेको छ, योजनाबद्ध षडयन्त्रवाट लोकतान्त्रिक ब्यवस्थामा शान्ति खलबल्याउने तथा राज्यलाई द्धन्द्धमा धकेल्ने सरकारको गैरजिम्मवार कार्य हो।’
कोणसभालाई सम्बोधन गर्दे सभापति रानाले जिल्लामा शिलान्यास वा उदघाटन कार्य राजनैतिक सहमति बिना नगर्न भन्दै अनुरोधलाई वेवास्ता गरिएमा स्याङजा कांग्रेस प्रतिरोधमा उत्रने चेतावनी दिनुभयो।
बिरोध रयालीले सदरमुकाम परिक्रमा गर्दै सहिदचोकमा पुगेर कोणसभा गरेको थियो। रयालीले सरकारका बिरोधमा चर्का नारा लगाउदै सरकारको अधिनायकवादी चरित्र बुधवारको घटनाले उदांगो भएको र सरकारको अभिष्ट पुरा हुन नदिन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता एकजुट भई सशक्त प्रतिरोध गर्ने प्रवक्ता इन्द्र गोदारले बताउनुभयो ।
.

समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


