स्याङ्जामा सुन्तला उत्पादन बढ्यो, बजार बढेन

स्याङ्जा : यसवर्ष स्याङ्जामा सुन्तला उत्पादन बढेको छ। यहाँका पाखा, पखेरा र बारीका गराहरु यतिबेला पहेंलपुर छन्। तर, किसानले बजार पाएका छैनन्।
मंसिर अन्तिम सातासम्म पनि ब्यापारी नआउँदा किसानमा चिन्ता बढेको छ। अघिल्ला वर्ष यतिबेला झण्डै एक तिहाई सुन्तलाका बोट रित्तिसकेका हुन्थे। यहाँ कात्तिकको अन्तिम सातादेखि फल टिप्न सुरु गरिन्छ।
गतबर्ष ६० करोडको सुन्तला उत्पादन भएको थियो। यसवर्ष पनि अनुकुल मौषमी वातावरणका कारण उत्पादन बढेको छ। तर, सुन्तलाको बजार भने खुम्चिएको छ। जिल्लाको मुख्य उत्पादन सुन्तला हो। सुन्तलावाटै वर्षेनी करोडौं रुपैयाँ भित्रिन्छ। जिल्लाका ११ पालिकामध्ये केही वडाबाहेक सबैमा सुन्तला फल्छन्। सुन्तलाका लागि उपयुक्त हावापानी मिलेको कारण जिल्लामा सुन्तला सुपरजोन परियोजना कार्यान्वयनमा छ।
अगुवा किसान अर्जुनचौपारीका फणिनारायण अर्यालले यसवर्ष राम्रो उत्पादन भएर खुशी भएका किसानले समयमा बजार नपाउँदा दुखी भएको गुनासो सुनाए। ढिलो समयसम्म सुन्तला बोटमै रहे अर्को वर्षका लागि पनि समस्या पर्ने उनको भनाइ छ।
ब्यवसायिक सुन्तला किसानले ५० हजारदेखि ३० लाखसम्म आम्दानी गर्ने गर्दछन्। उत्तर फर्केको अधिकांश बारी, पाखा, बनमा समेत लटरम्मै सुन्तला झुलेका छन्। ८ सयदेखि १२ सय मिटर उचाई र उत्तर फर्केको जमिनमा सुन्तलाको उत्पादन हुने सुन्तला किसान भूमिजंग केसीको भनाइ छ।
पुतलीबजार, वालिङ्, भीरकोट, चापाकोट, गल्याङ नगरपालिकाका अधिकांश वडामा सुन्तला खेती हुन्छ। दहथुम, अर्जुनचौपारी, एलादी, मनकामना, खिलुङ देउराली, ठूलाडिही, फापरथुम, बहाकोट, ओरष्टे, पौवेगौडे लगायतका वडा सुन्तला उत्पादनका मुख्य पकेट क्षेत्र हुन। स्याङ्जाका ५ वटा नगरपालिका र ६ गाउँपालिका मध्ये ८-१० वडामा बाहेक सबै क्षेत्रमा सुन्तला खेती राम्रो हुन्छ।
सुन्तलाको बिरुवा रोपेको ५ देखि ७ वर्षभित्रमा फल दिने हुँदा सुन्तला खेतीप्रति यहाँका किसानको विशेष रुची छ। गतवर्षको तुलनामा यसबर्ष स्याङ्जामा २० प्रतिशत सुन्तला उत्पादनमा वृद्धि भएको सुन्तला सुपरजोनका अध्यक्ष बोधराज अर्यालको भनाई छ। ब्यापारी नआउँदा आफू जस्तै जिल्लाका धेरै किसानको चिन्ता बढेको उनको भनाइ छ। जिल्लामा २ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा सुन्तला खेती गरिदैआएको छ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…