स्याङ्जाबाट नेकपा (ओली) समुहको केन्द्रीय सदस्यमा को को थपिए ? के थपिएका सबै ओली समूहमा नै रहलान् ?
स्याङ्जा : नेपाल कम्युनिष्ट पार्टी (ओली समुह)को काठमाण्डाै सम्पन्न तेस्रो पुर्ण बैठकबाट स्याङ्जाबाट १५ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
यसरी केन्द्रीय सदस्यहरुमा थपिएका नेताहरुमा निवर्तमान् सांसद नारायण मरासिनी, पूर्ब जिल्ला अध्यक्ष चक्रबहादुर पराजुली प्रदेश सांसदहरू माेहन रेग्मी र मिन प्रसाद गुरूङ, पुतलीबजार नगरपालिकाका प्रमुख सिमा क्षेत्री, सुर्य प्रसाद गैह्रे,पुण्य भूषाल, कालीगण्डकी गाँउपालिका अध्यक्ष खिम थापा, पूर्ब सभासद मुक्ती पाठक,आधीखाेला गाँउपालीकाका अध्यक्ष सुधिर पाैडेल ,देबी थापा मगर, देबी थापा क्षेत्री,तारा शर्मा, ताज माेहम्द मिया र किसाेरबिक्रम मल्ल रहेकाछन् ।
ओली समूहमा थपिएका नयाँ केन्द्रीय सदस्यहरू मध्ये सुर्य प्रसाद गैह्रे पारस पूर्ब माओबादी समूहका हुन् । उनी गृहमन्त्री बादल निकट मानिन्छन् ।
हाल काठमाण्डौमा नै रहेका गैह्रे आज सपथ खान भने नगएको बुझिएको छ । यसबारे प्रतिक्रिया लिन खोज्दा उहाँसँग सम्पर्क हुन सकेन । पूर्ब माओवादी तर्फका गैह्रे सशक्त युवा नेता भएकाले उनी कता जान्छन् भन्नेमा धेरैको चासो रहेको छ । उनी ओली समुहमा गएमा प्रचण्ड र नेपाल समूहलाई जिल्लामा ठूलो झड्का लाग्नेछ । श्रोतका अनुशार गैह्रे कता जाने भन्नेमा अझै छलफलमा रहेको बताइएको छ ।
स्याङजा क्षेत्र नम्वर दुईबाट निर्बाचित निवर्तमान सांसद तथा मन्त्री मद्मा कुमारी अर्याल ओली समूहमा नै रहेकाले यस्को प्रभाव जिल्लामा पर्ने देखिएको छ । जसका कारण ओली समूह जिल्लामा बलियो हुने आकलन गरिएको छ ।
नेकपा ओली समूहका एक नेताका अनुशार जिल्लामा केन्द्रीय सदस्यको संख्या अझै बढ्न सक्नेछ । उता आज थपिएका सबै केन्द्रीय सदस्यहरु ओली समूहमा नै बस्छन् भन्ने नरहेको प्रचण्ड नेपाल समूहका एक नेताले बताए ।
भेलाको तस्बिरः अनलाइन खबरबाट
समाचार
थप सामाग्रीगल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
४ दिन अगाडि
वालिङ : स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने…