स्याङ्जामा बस र ट्रक एक् आपसमा ठोकिदा १७ जना घाईते, ५ जना गम्भिर ।

स्याङ्जा :
सिद्धार्थ राजमार्ग अन्तरगत स्याङ्जाको पुतलीबजार ११ बगालथोकमा बस र ट्रक एक आपसमा ठक्कर खाँदा १७ जना घाईते भएका छन् ।
अर्जुनचौपारीबाट आउँदै गरेको ना ५ ख ५१३९ नम्वरकको बस र पोखराबाट वालिङ तर्फ जाँदै गरेको लु १ ख ६५९४ नम्वरको ट्रक एक आपसमा ठक्कर खाएको हो ,
दुर्घटनामा परी घाईते भएकाहरु मध्ये १२ जनाको जिल्ला अस्पताल स्याङ्जामा उपचार पछि घर फर्किएका छन् ।त्यस्तै ५ जनालाई थप उपचारको लागि पोखरा पठाईएको स्याङजाका प्रहरी प्रबक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीलले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयले दिए अनुशार घाईतेहरूको बिबरण यस प्रकार रहेको छ ।

१)जिल्ला स्याङजा अर्जुनचौपारी गा.पा. २ बस्ने वर्ष ३८ को घमनसिङ गुरुङ – GMC अस्पताल पोखरामा उपचार हुँदै

२) जिल्ला स्याङजा अर्जुनचौपारी गा.पा. ३ घर भई हाल पोखरा  बस्ने वर्ष ३५ की जमुना काफ्ले, अस्पताल पोखरामा उपचार हुँदै

३)जिल्ला पर्वत महासिला गा.पा. ५ घर भई सोही वसको सह चालक काम गर्ने वर्ष २८ को अमृत वि.क., पोखरामा उपचार हुँदै

४) ट्रक चालक जिल्ला पाल्पा तानसेन न.पा. ८ डुम्रे वस्ने वर्ष ४३ को खुम व.दंगाल, पोखरामा उपचार हुँदै

५) जिल्ला स्याङ्जा अर्जुनचौपारी गा.पा. ४  बस्ने वर्ष ६८ की जमुना गुरुङ, पोखरामा उपचार हुँदै

६)ऐ. ६ बस्ने वर्ष ६३ की तुलसी काप्ले दाहिने कोखामा भित्री चोट अवस्था मध्यम , जि. अस्पताल स्याङ्जामा उपचार पछि घर फर्किएको ।

७) जिल्ला स्याङ्जा पुतली वजार न.पा. १३ बस्ने वर्ष ५६ को सालिग्राम सुनार,मुख र खुट्टामा चोट,अवस्था सामान्य , जि. अस्पताल स्याङ्जामा उपचार पछि घर फर्किएको ।

८)ऐ. ऐ. वस्ने वर्ष ५० की उमादेवी सुनार,टाउकोमा सामान्य चोट,सामान्य , जि. अस्पताल स्याङ्जामा उपचार पछि घर फर्किएको ।

९) जिल्ला पर्वत महासिला गा.पा २ पर्वत वस्ने वर्ष ३० की चेत कुमारी नेपाली दाहिने खुट्टामा चोट,सामान्य , जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।

१०) जिल्ला स्याङ्जा अर्जुनचौपारी ३ बस्ने वर्ष ७६ को रुम व.गुरुङ,दाहिने आखा मुनी सामान्य चोट,सामान्य , जि. अस्पताल स्याङ्जामा उपचार भई रहेको ।

११) जिल्ला स्याङ्जा पुतली वजार ११ वस्ने वर्ष ८३ को शेषकान्त अर्याल,दाहिने खुट्टमा चोट,सामान्य, जि. अस्पताल स्याङ्जामा उपचार पछि घर फर्किएको ।

१२)जिल्ला पर्वत माहाशिला गा.पा. ५ बस्ने वर्ष १८ को सागर गैरे ,मुखमा चोट,सामान्य , जि. अस्पताल स्याङ्जामा उपचार पछि घर फर्किएको।

१३) जिल्ला स्याङ्जा अर्जुनचौपारी २ बस्ने वर्ष ४७ को प्रितमसिङ गुरुङ,मुखमा चोट,सामान्य, जि. अस्पताल स्याङ्जामाउपचार पछि घर फर्किएको ।

१४) ट्रक  सहचालक जिल्ला पाल्पा तानसेन न.पा. ८ डुम्रे वस्ने वर्ष वर्ष १९ को बसन्त कुवर,मुखमा चोट सामान्य ,जि. अस्पताल स्याङ्जामा उपचार पछि घर फर्किएको ।

१५)जिल्ला स्याङ्जा अर्जुनचौपारी ३ बस्ने वर्ष ६३ को मन व.घले,खुट्टामा चोट सामान्य, जि. अस्पताल स्याङ्जामा उपचार पछि घर फर्किएको ।

१६)ऐ. पुतली वजार न.पा. १ बस्ने वर्ष ३२की भगवती पौडेल,दाहिने खुट्टामा चोट,सामान्य , जि. अस्पताल स्याङ्जामा उपचार पछि घर फर्किएको ।

१७) जिल्ला पर्वत महासिला २ बस्ने वर्ष ५० की हिम कुमारी गुरुङ मुख खुट्टमा चोट सामान्य , जि. अस्पताल स्याङ्जामाउपचार पछि घर फर्किएको।

Facebook Comments Box
TOP