दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्य सहित चापाकोटले शुरु गर्यो भलिबलको बन्द प्रशिक्षण ।
चापाकोट :
चापाकोट नगरपालिकाले भलिवलका दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले बन्द प्रशिक्षण शुरु गरेको छ । नगरपालिकाले नगर खेलकुद बिकास समितिको समन्वयमा एक महिने प्रशिक्षण शुरु गरेको नगरपालिकाका प्रेस सल्लाहकार बिश्वप्रकाश भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख शिबकुमार गिरीले प्रशिक्षणले दक्ष खेलाडी उत्पादन गर्ने बिश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो,नगरपालिकाले दक्ष खेलाडी उत्पादन गर्ने बिशेष योजना गराएको छ ।
.

स्वस्थ जीवनको लागि खेल अनिबार्य रहेको भन्दै प्रमुख गिरीले खेलाडीका कारण नगरसँगै देशको पहिचान बढ्ने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा वडा नम्वर ५ का वडा अध्यक्ष ईन्द्र बहादुर शाही लगायतले बोलेका थिए ।
नगर खेलकुद बिकास समितिका अध्यक्ष प्रबिण गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन गीता रानाले गर्नु भएको थियो ।
प्रशिक्षणमा १५ बर्ष माथिका ४० जना युवा युवतीको सहभागिता रहेको छ ।
.


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


