अर्यालले आफ्नो जन्म दिन पारेर दिए दलित बस्ती स्थानान्तरणको लागि नगद सहयोग ।
वालिङ :
वालिङ टेलिभिजनका संचालक तथा निर्देशक एबं वालिङ इन्टरनेटका संचालक मणि अर्यालले पैयूँको जोखिम बस्ती स्थानान्तरणको लागि आर्थिक सहयोग प्रदान गर्नु भएको छ । अर्यालले आफ्नो जन्मोत्सवको अवसरमा पर्वतको पैयूँ गाउँपालिकामा रहेको जोखिम बस्ती स्थानान्तरणको आर्थिक सहयोग गर्नु भएको हो ।
अर्यालले सहयोग स्वरुप बस्ती स्थानान्तरणको लागि द निर्भीक फाउण्डेसनलाई लागि १० हजार एक सय रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।
पर्वतको पैयुँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक आरुगैह्रामा अवस्थित दलित वस्ति पहिरोको अति जोखिमा रहेको कारण उक्त बस्ती स्थानान्तरण गरी सुरक्षित ठाउँमा राख्न सुरु गरिएको अभियानलाई सहयोग गर्न पाउदा आफुलाई खुसी लागेको अर्यालले बताउनु भएको छ ।
उहाँले आफुले सधै दुखी गरिबहरुलाई सहयोग गरेर जन्मदिन मनाउने गरेको समेत बताउनु भयो ।
स्याङ्जाको वालिङमा घर भएका अर्याल क्यान स्याङ्जाका अध्यक्ष समेत हुनुहुन्छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


