प्रधानमन्त्री ओली विदेशी एजेन्ट र पूँजीपती दलालको क्याप्टेन : नेता गुरूङ।

स्याङ्जा : नेपाली कांग्रेस स्याङ्जाले सोमबार सदरमुकाममा बिरोध प्रर्दशन गरेको छ । पुतलीबजार नगरपालिका १ स्थित अभियानपथ स्थित पार्टी मुख्यालयबाट निस्केकोे रयालीले नगरपरिक्रमागरी सहिदचोकमा आएर कोणसभा गरेको हो ।

सभामा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशी एजेन्ट र पुजीपती दलालको क्याप्टेन भएको बताउनुभएको छ । विदेशी खुफीया सामन्त गोइतलाई बालुवाटारमा मध्यरातमा २ घण्टा भेटवार्ता गर्ने प्रधानमन्त्री एजेन्टका क्याप्टेन बनेको बताउनुभएको हो । सरकार भ्रष्टाचार, अनियमितता गरेको बताउदै उहाले वाइडबडी प्रकरण, ३३ किलो सुन, ७० करोड घुसकाण्डका आरोपितलाई चोख्याउने काम प्रधानमन्त्रीले गरेको बताउनुभयो । एउटा अध्यक्ष र अर्कौ अध्यक्षका प्रतिवेदन पढे मात्र पनि उनीहरुका गतिबिधीका बारेमा छर्लङग हुने बताउदै बर्तमान सरकार भ्रष्टचार र माफियातन्त्रमा रमेकोमा जोड दिनुभयो ।

कार्यक्रममा आमन्त्रित सदस्य भूमिबहादुर गुरुङ विश्व, पूर्व सांसद खगेन्द्रराज रेग्मी, पूर्व सांसद शंकरप्रसाद पाण्डे, प्रतिनिधीसभा सदस्य मोहनप्रसाद पाण्डे, संबिधानसभा सदस्य राजु थापा, गण्डकी प्रदेशसदस्य मेखलाल श्रेष्ठ, नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी लगायतले बर्तमान सरकारको सर्वसत्तावादी चिन्तनका कारण सर्वसाधारण नागरिकले कोरोना माहामारीका बेला पनि उपचार पाउन नसकेको, औषधी र उपकरण खरिदमा भ्रष्टाचार गरेको, हत्या, हिंसा, बलात्कार बढेको, न्याय पाउन नसकेको जनाउदै सरकारका बिरुद्धमा बिरोध रयाली गर्नु वाध्य भएकोमा जोड दिनुभएको थियो ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार रानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन प्रवक्ता इन्द्रबहादुर गोदारले गर्नुभएको थियो ।

याे पनि पढ्नुहाेस् : नेकपा सरकारविरुद्ध स्याङ्जा कांग्रेस यसरी उत्रियो सडकमा (फाेटाेफिचर सहित) ।

Facebook Comments Box
TOP