‘डिजिटल प्रविधि’ बाट जग्गा नाप जाँच शुरुआत

napi waling+all

तोलाकान्त बगाले/वालिङ:

स्याङ्जाको वालिङमा मंगलबारबाट ‘डिजिटल प्रविधि’ बाट जग्गा नापजाँच कार्य थालिएको छ ।

विशेष नापी कार्यालय पाल्पाको ७ नं. टोलीका चार जना प्राविधिकहरुद्वारा ‘डिजिटल प्रविधि’ बाट जग्गाको नापजाँच र साँध सँधियार छुट्टयाउने काम थालेको नापी टोलीका प्रमुख ज्योति शाहले बताईन् ।

‘डिजिटल प्रविधि’ को प्रयोगले जग्गा नापी कार्य थप वैज्ञानिक, यथार्थ, तथ्यपरक र पारदर्शी हुने, ब्यक्तिका फरक फरक रहेका टुक्राटुक्री जग्गाहरुको तथ्याङ्क एउटै पद्धतिमा रहने भएकाले पनि यो विधि प्रभावकारी हुने टोली प्रमुख शाहले बताईन् ।

“पहिला फिता लिएर जग्गा जमीनमै जानुपर्ने अवस्था थियो, उक्त विधिप्रति विवाद पनि देखिन्थ्यो” टोली प्रमुख शाहले भनिन्, “‘डिजिटल प्रविधि’ को प्रयोगले साँध सँधियारहरुले हचुवाका भरमा देखाएको भरमा साँध लगाउने र चार किल्ला तोक्ने प्रवृत्तिको अन्त्य हुने छ ।”

जग्गा नापीका क्रममा पहिले देखिएका विवादहरु ‘डिजिटल प्रविधि’ को प्रयोगसँगै हराउँदै जाने टोली प्रमुख शाहले बताईन् ।

.

वालिङ १ बाट शुरु गरिएको नाप जाँच कार्यलाई जिल्लाका अन्य तहहरुमा पनि पु¥याईने बताईएको छ । जग्गामा नापजाँचका क्रममा कहीँ कतै विवादहरु देखिएमा भूमि ब्यवस्था ऐन तथा नियम अनुसार निरुपण गर्दै अगाडि बढ्ने टोली प्रमुख शाहले बताईन् ।

‘डिजिटल प्रविधि’ बाट जग्गा नाप जाँच गर्दा जग्गाको यथार्थ विवरण आउने विवादरहित हुने भएकाले यो विधि प्रभावकारी हुने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणको भनाई छ ।

जमीनको वैज्ञानिक कर तथा सेवाग्राहीको आवश्यकता अनुसार अनलाईन प्रणालीबाट विवरणहरु लिन सकिने भएकाले पनि यो प्रविधिमैत्री र अहिलेको समयको माग अनुसार अगाडि बढेको उहाँले बताए ।

“विगतमा फिता लिएर जग्गा नापी गर्दा शतप्रतिशत प्रभावकारी हुन सक्दैनथ्यो, त्रुटिहरु देखिन्थ्यो” नगर प्रमुख खाँणले भने, “ब्यक्तिगत तथा सार्वजनिक जग्गाहरुको यथार्थ स्थिति पत्ता लागउन र विश्वसनियता तथा साँध सँधियारबीच विवादरहित बनाउनका लागि यो विधि अझ बढी प्रभावकारी हुने देखिन्छ ।” विशेष नापी टोलीले जग्गा नाप्ने कार्य थालेकोमा खुशी ब्यक्त गर्दै नाप जाँचका क्रममा विवादहरु आईपरेमा सहजीकरण गर्ने नगर प्रमुख खाँणले बताए ।

.

Facebook Comments Box
TOP