मन्त्री पद्मा अर्याललाई कृषि मन्त्रीको जिम्मेबारी ।

स्याङ्जा : प्रधानमन्त्री केपी शर्मा ओलीले ९ मन्त्री थप्नु भएकाे छ। प्रतिनिधिसभा विघटन गरेको ६ दिनपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्नु भएकाे हाे । त्यस्तै, केही मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ ।
पार्टीको औपचारिक बिभाजन पछि ओलीले मन्त्रीमण्डल हेरफेर गर्नु भएको हो ।
यसैबीच मन्त्री पद्मा कुमारी अर्याललाइ भूमिसुधारबाट कृषिमन्त्रीको जिम्मेवारीमा सारिएको छ । स्याङ्जा क्षेत्र नम्वर २ बाट निर्बाचित अर्याल पार्टीको बिभाजन पछि ओली समूहमा रहनु भएको छ ।

Facebook Comments Box
TOP