परिवर्तनका सम्बाहकका लागि लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण कार्यक्रम ।
वालिङ :
वालिङमा परिवर्तनका सम्बाहकका लागि लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण सम्वन्धी कार्यक्रम सम्पन्न भएको छ । दियालो सुआहाराको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कबिता तिवारी गैह्रेले लैङ्गिक बिभेद रोक्नका लागि महिला र पुरुष दुबैको भूमिका महत्वपूर्ण रहने बताउनु भएको छ ।
स्याङ्जाका ११ वटै पालिकाका परिवर्तनका संवाहकहरुको उपस्थितीमा भएको कार्यक्रममा सुआहाराका अर्जुन सुवेदी,ज्योती कार्की, दियालो सुआहाराका कार्यक्रम प्रमुख ओमसुवा गुरुङ लगायतले सहजीकरण गरेका थिए ।
कार्यक्रममा दियालो युएनडिपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे,सल्लाहकार सम्पूर्ण राई लगायतले बोलेका थिए ।
.
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
५ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…