मानबअधिकार बर्ष पुस्तकको समिक्षा बैठक

Human rights book

स्याङ्जा :
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मानबअधिकार बर्ष पुस्तकको समिक्षा बैठक गरेको छ । पुतलीबजारमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को पूर्व समिक्षा बैठकमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले मानवअधिकार हनन र हिंसा हुनुका प्रमुख कारण पत्ता लगाई सबैले आ आफना जिम्मेवारी पुरा गर्दै सचेत समाज निर्माणमा जुट्न्पर्नेमा जोड दिनुभयो । मानवअधिकार हनन र हिंसा घटाउनका लागि विकृत मानसिकतामा परिवर्तन ल्याउन जरुरी रहेको उहाको भनाई छ ।

.


कार्यक्रममा पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, प्रमुख जिल्ला अधिकारी उमेश बस्नेत, प्रहरी उपरीक्षक होविन्द्र वोगटी, जिल्ला न्यायधिवक्ता रामप्रसाद अधिकारी, अदालतका श्रेस्तेदार विश्वनाथ अर्याल, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, अन्तरपार्टी महिला संजालका अध्यक्ष तारा शर्मा, महिला नेतृ तारा मल्ल, वडा अध्यक्ष निर्मल शेरचन, शिक्षासेवी सोमनाथ लम्साल, दलित अधिकारकर्मी लिलबहादुर रनपाल लगायतले दिनप्रतिदिन मानवअधिकार हनन र हिंसाका घटना बढ्दै गएको बताउदै कानूनी साक्षरता लगायतका प्रशिक्षण बिद्यालयस्तरदेखि गाउ गाउका तल्ला तहसम्म पुरयाउन स्थानीयपालिकाले चासो बढाउनुपर्नेमा जोड दिएका थिए ।
मानवअधिकार तथा शान्ति समाजका सचिव भवानी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन इन्सेक प्रतिनिधी नम्रता थापाले गर्नुभएको थियो ।
यसैबीच, कार्यक्रममा इन्सेकले सन २०२० भरिमा जिल्लामा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाका केही बिवरणका बारेमा छलफल गरेको थियो । (तस्बीर-खगीसरा थापा मगरकाे फेसबुक पेजबाट)

Facebook Comments Box
TOP