दुबै मृगौलामा समस्या आए पछि खनालले भने ‘म सवारी चालक हुँ मलाई बचाउनु होस्’ ।
वालिङ :
वालिङ नगरपालिका वडा नम्वर १० निवासी गोबिन्द प्रसाद खनालले आफ्नो दुबै मृगौलामा समस्या आएको भन्दै सहयोगको अपिल गर्नु भएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सहयोगको अपिल गर्नु भएको हो । आफू पेशाले सवारी चालक भएको र आर्थिक अवस्था निक्कै कमजोर रहेको भन्दै आफूलाई बचाउन अपिल गर्नु भएको हो ।
खनालले देश बिदेशमा रहेका सबैलाई केही भए पनि सहयोग गरिदिन अनुरोध गर्दै खाता नम्वर समेत दिनु भएको छ । ग्लोबल आईएमई दलदले शाखाको खाता नम्वर एम १०७०१०००७११९ (युद्ध प्रसाद खनाल ) मा सक्दो सहयोग जम्मा गरिदिन खनालको अनुरोध छ ।
मृगौलाका बिरामी खनालले आफ्नो फेसबुकमा लेख्नु भएको छ, ‘म युद्ध प्रसाद खनाल गोबिन्द पेशाले सवारी चालक बिगत केही दिन देखि मेरो दुबै मृगौलामा समस्या आई उपचार तथा प्रत्यारोपण गर्नु परेको तर मेरो आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले मेरो उपचारमा केही आर्थिक सहयोग गरिदिनुहुन देश तथा बिदेशमा बस्ने सम्पूर्ण साथीभाई,ईश्टमित्र, दाजुभाईहरुमा आशा गर्दछु ’।
गोबिन्द खनालको बारेमा जानकारी लिनका लागि यहाँ क्लिक गर्नुहोस् ।
.

समाचार
थप सामाग्री
कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न ।
४ दिन अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङमा कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराइले कृषि र…


