फुटबल खेलाडी श्रेष्ठका बुवाको उपचारका लागि संकलित झण्डै दश लाख नगद हस्तान्तरण
तोलाकान्त बगाले/स्याङ्जा :
नेपाली फुटबलको २३ वर्ष मुनीको राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडी विश्वास श्रेष्ठको बुवाको उपचारका लागि रकम संकलन गरी हस्तान्तरण गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य एवं वालिङ नगर खेलकुद समितिका संयोजक लालबहादुर ज्वारचनको संयोजकत्वमा संकलन गरिएको रु. नौ लाख ९१ हजार ४०३ नगद बुवा रुपनारायण श्रेष्ठको उपचाकारका लागि छोरा विश्वासलाई हस्तान्तरण गरिएको हो ।
राष्ट्रिय खेलाडी विश्वासको बुवाको उपचारका क्रममा भएको रकम सकिंदै गएको र आर्थिक अवस्था कमजोर हुँदै गएकाले रकम संकलन अभियान सञ्चालन गरिएको संयोजक ज्वारचनले बताए ।
“विश्वासको बुवा रुपनारायणको उपचारका लागि हालसम्म झण्डै रु. ३५ लाख खर्च भईसकेकाले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने मानवीयता नाताले रकम संकलन अभियान चलायौं” संयोजक ज्वारचनले भने, “हामीले चलाएको अभियानमा देश तथा विदेशबाट राम्रो सहयोग प्राप्त भयो, सहयोगी मनहरुप्रति आभार ब्यक्त गर्दछौं ।”
आर्थिक संकलन अभियान अन्तर्गत पहिलो चरणमा वालिङ नगरपालिकाभित्र घरदैलोबाट रु. चार लाख ३३ हजार ८०, विदेशबाट सहयोग प्राप्त रु. तीन लाख ९१ हजार ७८३, वालिङ बाहिर स्वदेशबाट रु. एकलाख ६१ हजार ५४० र गोल नेपालबाट रु. १० हजार प्राप्त भएको र उक्त रकम हस्तान्तरण गरिएको वालिङ फुटबल क्लबका उपाध्यक्ष मोतीलाल कुँवरले बताए ।
रकम संकलनको क्रम जारी रहेकाले आगामी दिनमा पनि संकलित रकम हस्तान्तरण गर्दै लगिने प्रतिबद्धता फुटबल क्लबका सचिव केशरबहादुर थापा (राजन)ले प्रतिबद्धता जनाए ।
खेलसँग सम्बन्धित खेलप्रेमी तथा खेलाडीहरुले सहयोग गर्ने प्रतिबद्धताहरु जनाउँदै चासो ब्यक्त गर्नुभएकाले पनि सहयोग रकम बढ्दै जाने वालिङ फुटबल क्लबका सदस्य एवं खेलाडी लक्ष्मण रुचालले बताए ।
वालिङ ८ स्थायी घर भएका श्रेष्ठको घर निर्माणका क्रममा हाईटेन्सन तारमा छोईएर करेन्ट लाग्दा शरीरको करीब आधा भाग जलेको छ भने चार तलामाथिबाट खस्दा देब्रे खुट्टा भाँचिएको छ । एक महीना अघि मङ्सिर ४ गते गम्भीर घाईते भएका श्रेष्ठलाई उपचारका लागि हेलिकोप्टरमार्फत ग्राण्डी अस्पताल काठमाडौं लगिएको र हालपनि सोही अस्पतालमा उपचार भईरहेको छोरा विश्वासले जनाए ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
५ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…