नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या १७ सय नाघ्यो ।

corona update

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ८२१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ५४२३ जनाको पीसीआर परीक्षण भएको छ ।

गत २४ घण्टामा ८४२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १७१६ रहेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९५५ पुगेको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP