चापाकोट-मल्याङकोटका अति बिपन्न ५५ घरपरिवारलाई राहत सामाग्री प्रदान ।
चापाकोट :
चापाकोट नगरपालिका वडा नम्वर ४ मल्याङकोटका अति बिपन्न ५५ घरपरिवारलाई राहत सामाग्री प्रदान गरिएको छ ।
काठमाण्डौ निवासी दोर्जे शेर्पा र फुन्जु लामाले मल्याङ्कोटका ५५ घर परिवारलाई खाद्य लगायतका सामाग्री उपलव्ध गराउनु भएको हो । अतिबिपन्न ५५ परिवारलाई ५५ बोरा चामल,६ कट्टा दाल, ११० केजी नुन तथा बच्चाहरुको लागि जुत्ता लगायतका सामाग्री हस्तान्तरण गरिएको चापाकोट नगरपालिकाका प्रेस सल्लाहकार बिश्वप्रकाश भट्टराईले जानकारी दिनुभयो ।
राहत हस्तान्तरण गर्दै नगर प्रमुख शिबकुमार गिरीले अतिबिपन्न नगरबासीलाई आवश्यक पर्ने आद्यान्न लगायतका सामाग्री बिभिन्न श्रोतबाट भए पनि संकलन गरी उपलव्ध गराईने बताउनु भयो । उहाँले सहयोग उपलव्ध गराउने दुबैजनालाई धन्यवाद समेत दिनुभयो ।
कार्यक्रममा बोल्दै दोर्जे शेर्पाले आफूहरुले बचत गरेको रकमबाट समुदायका सदस्यहरुलाई सहयोग गरेको जानकारी दिनुभयो ।
चापाकोट नगरपालिका वडा न ४ का वडा अध्यक्ष बिक्रम शारु को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


