फुटबल खेलाडी श्रेष्ठको बुवाको उपचारका लागि आर्थिक सहयोग
तोलाकान्त बगाले/वालिङ :
फुटबल खेलाडी विश्वास श्रेष्ठका बुवाको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । फुटबलका राष्ट्रिय खेलाडी वालिङ ८ शितलनगरका श्रेष्ठका बुवा रुपनारायण श्रेष्ठ (मधु) को उपचारका लागि खेलाडीहरुले सहयोग गर्नुभएको हो ।
निर्माणाधिन अवस्थाको घर नजिकै रहेको हाईटेन्सन बिजुलीको तारको झट्काले चार तलामाथिबाट खस्दा गम्भीर घाईते हुनुभएका श्रेष्ठको हाल काठमाडौंमा उपचार भईरहेको छोरा विश्वास श्रेष्ठले बताउनुभयो ।
बुवाको उपचारका लागि खर्च बढी लाग्ने भएकाले उपचारमा समस्या रहेकाले अहिले खेलकुदसँगसम्बद्ध खेलाडीहरु आर्थिक संकलन कार्यमा जुटिरहनुभएको छ । यसैक्रममा आज फुटबल खेलाडीहरु मोतीलाल कुँवर र अशोक श्रेष्ठले घाईते बुवाको उपचारका लागि रु. २० हजार आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ ।
“उपचारका लागि धेरै खर्च भईसकेको र उपचारकै क्रममा अझै धेरै नै रकम लाग्ने सुनेका छौं” खेलाडी कुँवरले भन्नुभयो, “बुवाको उपचारका लागि सहयोग संकलन गर्ने क्रम जारी रहेकाले अझै थप गर्दै जाने गरी आज रु. २० हजार सहयोग गरेका हौं ।”
श्रेष्ठ गम्भीर घाईते हुनुभएपछि गत मङ्सिर ४ गते उपचारका लागि हेलीकप्टरमार्फत काठमाडौं लगिएको थियो ।
घाईते श्रेष्ठको ४० प्रतिशत शरीरको भाग जलेको छ । बायाँ खुट्टा र करङका दुई वटा हड्डी भाँचिएका श्रेष्ठको अहिले ग्राण्डी अस्पतालको आईसियुमा उपचार भईरहेको छ ।
दुई महिना अघि वालिङस्थित घरमा आगलागी हुँदा आठ लाख भन्दा बढीको क्षति भएको थियो ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
५ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…