बिरुवामा जेष्ठ नागरिक सम्मान सहित नेपाली कांग्रेसको संगठन बिस्तार
भवानी अधिकारी/स्याङजा :
विरुवा गाउपालिका वडा न. ५ किचनासमा नेपाली कांग्रेसले जेष्ठ नागरिक सम्मान तथा संगठन बिस्तार गरेको छ । वडा कार्यसमितिको आयोजनामा सो अभियान संचालन गरिएको हो ।
वडाभित्रका ७५ बर्ष पुरा हुनुभएका ६५ जना जेष्ठनागरिकलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार रानाले बर्तमान सरकारले नागरिकका समस्यालाई बुझ्नुका साटो लथालिंगै पारेर भ्रष्टाचार र आन्तरिक द्धन्दको भूमरीमा फसेको बताउनुभयो ।
.

कार्यक्रममा गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्लले अग्रजको सम्मान गर्ने नेपाली कांग्रेस पाटी भएकाले मुलुक परिवर्तनका लागि अग्रजका भूमिका उल्लेख्य रहने बताउनुभयो ।
भीरकोट नगरउपप्रमुख सीमा केसी कर्माचार्य, जिल्ला सदस्य पृथ्वीप्रसाद पोखरेल, नेपाली कांग्रेस विरुवा गाउपालिका अध्यक्ष युवराज केसी, तरुण दल जिल्ला उपाध्यक्ष रविन केसी, नेपाल बिद्यार्थी संघ क्षेत्रीय सभापति बिज्ञान भण्डारी, बिद्यार्थी नेता ओमनाथ शर्मा लगायतले नेपाली कांग्रेस अग्रजहरुको सम्मान गर्ने पार्टी भएकाले जेष्ठ नागरिकलाई सम्मान गर्दै उहाहरुका शिक्षा ग्रहण गर्दे अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
.

नेपाली कांगे्रस वडा सभापति नवराज वाग्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति युवराज पोखरेलले स्वागत एवं सचिव सुशील वाग्लेले संचालन गर्नुभएको थियो ।
यसैगरी, सोही कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी लगायत बिभिन्न पार्टी परित्याग गर्दे २५ जना युवाहरुले नेपाली कांग्रेसको सदस्यता लिएका छन्। नवआगन्तुकलाई कावा सभापति राना र प्रदेश सांसद मल्लले सदस्यता प्रदान गर्नुका साथै फुल मालाले स्वागत गर्नुभएको थियो ।
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


