स्याङ्जा र सुनसरीबाट दोहोरो नागरिकता र राहदानी लिने स्याङ्जाकी महिला परिन प्रहरी फन्दामा ।
स्याङ्जा :
स्याङ्जाकी एक महिला स्याङ्जा र सुनसरी गरी दुई जिल्लाबाट दोहोरो नागरिकता र राहदानी लिएको आरोपमा पक्राउ परेकी छन् । पुतलीबजार नगपालिका वडा नं.३ घरभई कास्कीको पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटनमा डेरा गरी बस्ने ३३ बर्षीया मञ्जु क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले मन्जु क्षेत्रीको नाममा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट जारि भएको ४२१०६२—१०—१८५ नम्वरको नेपाली नागरिकताको प्रमाण पत्र, जिल्ला प्रशासन कार्यालय सुनसरीबाट मन्जु सेजवाल नाम उल्लेख भएको ०६—०२—७५—०२९९३ नम्वरको नेपाली नागरिकताको प्रमाण पत्र तथा मन्जु सेजवाल नाम उल्लेख रहेको ११३१०५९८ नम्वर र मन्जु क्षेत्री नाम उल्लेख रहेको १११११२४९ नम्वरको राहदानी लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी मन्जु क्षेत्रीलाई “ नागरिकता सम्बन्धी कसुर” मुद्धा दर्ता गरी बिहिबार नै स्याङ्जा जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजा प्रबक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


