‘आणविक हतियार निषेध सन्धी तत्काल अनुमोदन गर ’ भन्दै मावअधिकारकर्मीको धर्ना
भवानी अधिकारी/स्याङ्जा :
नेपाललाई ‘आणविक हतियार निषेध सन्धी तत्काल अनुमोदन गर’ भन्दै मानव अधिकार तथा शान्ति समाज स्याङ्जाले बिहीवार प्रशासन कार्यालयको प्रवेश द्धारमा ३० मिनेट धर्ना प्रदर्शन गरेको छ।
७२ औं विश्व मानवअधिकार दिवस पारेर समाजले ‘आणविक अस्त्र रहेसम्म यो प्यारो धर्तिमा कोही सुरक्षित हुदैनन’ भन्ने नाराका साथ सरकारलाई दवाव दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो।
आणविक अस्त्रको विश्वव्यापी उन्मुलनका लागि मानव अधिकार तथा शान्ति समाजले बिगत २५ वर्षदेखी अभियानरतछ। । सन् २०२१ को जनवरी २२ बाट यो सन्धी लागू हुन गइरहेको यो सन्धीले आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन÷निर्माण, भण्डारण आदीलाई निषेध गरेको छ। आणविक अस्त्रको प्रयोग वा प्रयोग गर्ने धम्कीलाई समेत निषेध गरेको छ। यो सन्धी आणविक अस्त्रको पूर्ण उन्मूलनतर्फ उन्मुख भएको हुँदा विश्व शान्तिका लागि कोशेढुंगो मानिएको स्याङ्जाका सभापति प्रकाश डोटेलले बताए।
विश्वका ८४ राष्ट्रले हस्ताक्षर गरिसकेको यो महासन्धीमा नेपालले पनि हालसम्म अनुमोदन गरेको छैन। अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायल लगायत आणविक अस्त्र भएका राष्ट्रहरुले पनिअझैसम्म अनुमोदन गरेका छैनन्।
यसै सन्दर्भमा आणविक हतियार निषेध सन्धी शिघ्र अनुमोदन गर्ने आग्रह सहित समाजले विशेष अभियान सहित अनुमोदनका लागि दवाव दिन निरन्तरता दिइरहेको आजिवन सदस्य धुव्रबन्धु पौडेलले बताए।
मानवअधिकार तथा शान्ति समाजको सम्पर्क कार्यालयबाट निस्केको मानवअधिकारकर्मीको रयालीले सदरमुकाम स्थित प्रशासन कार्यालयमा पुगेर धर्ना प्रदर्शन गरेका हुन। धर्नापछिको सम्बोधन गर्दै पूर्वसभापति पृथ्वीप्रसाद पोखरेल, पूर्व उपसभापति केशवराज लम्साल, सचिव भवानी अधिकारी लगायतले आणविक हतियार निेषेध सन्धी तत्काल अनुमोदन गर्नु पर्नेमा जोड दिएका थिए।
समाचार
थप सामाग्री-
गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
-
दहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
-
वालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम
-
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान
-
बालबालिकालाई संस्कृतिसँग जोड्दै सामाजिक विकास कार्यालय ।
फोटोग्राफरहरुले गरे मिर्गौला पीडितलाई सहयोग
६ दिन अगाडि
हिमाल न्यौपाने/गल्याङ : फोटोग्राफर मञ्च स्याङ्जाले मिर्गाैला पीडितलाई सहयोग गरेको छ । गल्याङ नगरपालिका–६ पिढिखोलाका शेरबहादुर थापाको श्रीमती २९ बर्षिया…