सगरमाथाको उचाइमा वृद्धि, अब ८८४८.८६ मिटर
काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ ।
सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर कायम भएको सरकारले घोषणा गरेको हो ।
लामो समयदेखि सगरमाथाको उचाइसम्बन्धी काम गर्दै आएको नेपाल र चीनको संयुक्त प्राविधिक टोलीले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको हो ।
पछिल्लो मापन अनुसार सगरमाथाको उचाई ८६ सेन्टिमिटरले बृद्धि भएको छ ।
यस अघि ८ हजार ८ सय ४८ मिटर कायम रहेको थियो ।
यही मंसिर १० गते बसेको मन्त्रिपरिषद बैठकले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो ।
नेपालले आफ्नै स्रोत साधानमा सगरमाथाको उचाइ मापन गरेको यो पहिलो पटक हो ।
नेपालले आधिकारीक रुपमा उल्लेख गर्ने ८८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो ।
त्यसैगरी सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले पनि सगरमाथाको मापन गर्दा दुवैको आंकडा फरक फरक निष्किएको थियो ।
अमेरिकाको मापनमा ८८५० मिटर र चीनको मापनमा ८८४४ मिटर रहेको थियो ।
चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टान भागको मात्र उचाइ मापन गरेको थियो ।
यस पटक भने हिउँसहित मापन गरिएको नावी विभागले जनाएको छ ।
वि.स. २०७२ सालको भूकम्पपछि नापी विभागले गरेको सर्वेक्षणमा काठमाडौंका विभिन्न स्थानको उचाइमा परिवर्तन आएको थियो ।
यसैलाई आधार मानेर सगरमाथाको पनि उचाइ फेरबदल हुनसक्ने अनुमान गरिएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


