पेन्थेक माइग्रेन्ट वेल्फेयर सेन्टर नेपाली समिती दक्षिण कोरियाद्वारा वालिङमा १५ हजार मास्क प्रदान ।

corea_waling-2

वालिङ :

पेन्थेक माइग्रेन्ट वेल्फेयर सेन्टर नेपाली समिती दक्षिण कोरियाले वालिङ नगरपालिका र पालिका भित्रका विभिन्न विद्यालयहरुलाई मास्क उपलब्ध गराएको छ । समितिले पठाएको १५ हजार मास्क बितरण कार्य सम्पन्न भएको हो ।

काेरियामा रहनु भएका वालिङ १३ का बिशाल जिटीकाे संयाेजनमा मास्क उपलव्ध गराइएकाे हाे । वालिङ नगरपालिका कार्यालयलाई ८ हजार ५ सय, सर्बसक्ती प्राबी पाठखोलालाई १ हजार,लक्ष्मी मावी बोदी भन्ज्याङलाई २ हजार, आधिखोला बहुप्राबिधीक शिक्षालयलाई ५ सय, वालिङ १३ वडा कार्यालयलाई ५ सय, सरस्वती मा वी ऊदियाचौरलाई २ हजार ५सय मास्क गरी कुल १५ हजार मास्क वितरण गरिएकाे हाे। वालिङमा कार्यक्रमको सहजीकरण युवा समाजसेवी युवराज गौतमले गर्नुभएको थियो । बिभिन्न ठाँउमा गरिएको मास्क बितरण कार्यक्रम पश्चात आँधीखोला खबरसँग बोल्दै सहजकर्ता एबं समाजसेवी गौतमले भन्नुभयो, बिदेशमा रहेर आफ्नो ठाँउमा सहयोग गर्ने सबै व्यक्तिहरुलाई धन्यवाद दिनु पर्दछ ।

भिडियाे : वालिङमा जनस्वास्थ्य विपदको घोषणा, एक हप्ताकाे बन्दमा के गर्न पाईन्छ के गर्न पाईदैन : नगरप्रमुख खाँण

.

Facebook Comments Box
TOP