उपभोक्तालाई सचेत बनाउनुपर्नेमा वालिङका सरोकारवालाको जोड ।

conjumer_waling

कला राना :

उपभोक्तालाई सचेत बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । शुक्रबार वालिङमा गरीएको बजार व्यवस्थापन सम्बन्धी अन्र्तक्रियामा सरोकारवालाले उपभोक्तालाई सचेत बनाउनुपर्नेमा जोड दिएका हुन् ।

वालिङ नगरपालिकाको आयोजना उपभोक्त हित संरक्षण मञ्च नेपालको प्राविधिक सहयोग र अष्टे«लियन एडको सहकार्यमा शुक्रबार स्थानीय बजार व्यवस्थापन सम्बन्धी संघ प्रदेश र स्थानीय तहबीचको छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रशासन, जनप्रतिनिधि, पत्रकार, उपभोक्त मञ्च, उद्योग वाणिज्य संघ, प्रहरी प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको अन्र्तक्रियामा बजार स्वस्थ र सफा हुँन उपभोक्ता सचेतना आवश्यक रहेकोमा सहभागिको जोड थियो ।

उपभोक्ताहरुले दैनिक प्रयोगमा आउने वस्तु तथा सेवामा उपभोक्त स्वयं नै सचेत भई वस्तुको लेभल हेर्ने, उपभोक्ता ठगिएमा सम्बन्धीत निकायमा उजुरी गर्ने जस्ता विषयमा उपभोक्तालाई नै सचेत र क्रियाशिल राख्नुपर्ने वक्ताहरुको जोड थियो ।

कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले नगरपालिकाले उपभोक्ता सम्बन्धी ऐन समेत पास गरिसकेको भन्दै यसको नियमावली समेत सार्वजानिक गरेको बताउनुभयो । उपप्रमुख तिवारीले भन्नुभयो, ‘हामीले उपभोक्ता सम्बन्धी ऐन पास गरेका छौँ । यसको नियमावली सार्वजानिक गरेका छौँ । बजार अनुगमनको लागी वार्शिक कार्यक्रम मार्फत बजार चुस्त दुरुस्त राख्ने प्रयास गरेका छौँ ।’

पालिकाले अधिकृत स्तरको कर्मचारीलाई अनुगमन संयोजक तोकेर प्रहरी प्रशासन, मिडिया, उपभोक्ता हित संरक्षण मञ्चको प्रतिनिधित्व हुने गरी अनुगमन टोली बनाईने उपप्रमुख तिवारीले बताउनुभयो । साथै उपप्रमुख तिवारीले नगरले पास गरेको उपभोक्ता सम्बन्धी ऐन कार्यान्वयनमा ल्याउने पुर्ण प्रयास गर्ने भन्दै समय समयमा हुने यस्ता छलफलले थप सकरात्मक प्रभाव पार्ने बताउनुभयो ।

उपप्रमुख तिवारीले भन्नुभयो, ‘स्थानीय बजार स्वस्थ सफा राख्नुका साथै अन्य शिक्षा, स्वास्थ्य, खानेपानी, टेलिफोन, इन्टरनेटबाट समेत उपभोक्ता ठगिनबाट रोक्न हामीले प्रयास गर्नेछौँ । अखाद्य वस्तुको प्रयोगले कसैको स्वास्थ्यमा गम्भीर असर नपरोस् ।’

कार्यक्रममा उपभोक्त हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष सुर्यबहादुर थापाले बजारमा रहेका कालोबजारी रोक्न, समय समयमा हुने अनुगमनलाई समन्वयकारी भुमिकाबाट लैजानका लागी यो छलफल आयोजना गरिएको बताउनुभयो । साथै उहाँले संघ, प्रदेश र स्थानीय तहमा उपभोक्त सम्बन्धी हक, अधिकारका विषयमा प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रशासकिय अधिकृत एवं अनुगमन अधिकृत उज्जवल बहादुर बस्नेत, नगरपालिकाका सामाजिक साखा अधिकृत पदमप्रसाद पाण्डे, वालिङ उद्योग वाणिज्य संघका महासचिव केशरबहादुर खांण धु्रव, घरेलु तथा साना उद्योग विकास कार्यालयका कम्युटर अपरेटर कृष्ण लम्साललगायतका वक्ताहरुले उपभोक्ता अभिमुखीकरणलाई नै पहिलो प्राथामिकता दिनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको सञ्चालन मञ्चका गण्डकी प्रदेशका सचिव पुर्ण पौडेलले गर्नुभएको थियो ।

यसैबीच वालिङ बजार अनुगमन गरिएको छ । संघ, प्रदेश र स्थानीय तहको समन्वयमा उपभोक्ता हित संरक्षण मञ्च नेपालको सहकार्यमा शुक्रबार वालिङका खाद्य पसल, मासु पसल, औषधी पसल र निर्माण सामाग्री पसल अनुगमन गरीएको हो ।

अनुगमनमा उपभोक्ता मञ्चका केन्द्रिय उपाध्यक्ष सुर्य थापा, घरेलु तथा साना उद्योगका कृष्ण लम्साल, ईलाका प्रशासन कार्यालयका सुवास पौडेल, वालिङ नगरपालिकाका नरबहादुर पौडेल, पत्रकार, वडा प्रहरीलगायतको सहभागिता रहेको थियो । अनुगमनका क्रममा देखिएका समस्या तथा त्रुटिलाई यथाशिघ्र समाधान गर्न आग्रह गरिएको उपभोक्ता मञ्चका कार्यक्रम संयोजक निर्भिक नारायण भुर्तेलले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा पसल नवीकरण, दर्ता प्रक्रिया, सरसफाई कमी कमजोरीलाई सुधार गर्न व्यपारीहरुलाई अनुरोध गरिएको छ ।

Facebook Comments Box
TOP