स्याङ्जामा पहिलो पटक पत्रकारमा देखियाे कोरोना संक्रमण ।

sushil subedi

स्याङ्जा : स्याङ्जामा पहिलो पटक पत्रकारलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

नेपाल पत्रकार महासंघ स्याङ्जाका सचिव सुशिल सुवेदीलाई कोरोना संक्रमण भएको हो । सामान्य रुघा देखिएपछि पत्रकार सुवेदी विगत ५ दिनदेखि होम आईशोलेसनमा बस्दै आउनु भएकाे थियाे ।

वालिङ नगरपालिका वडा नम्वर १० का ३० वर्षीय पत्रकार सुवेदी ले छिट्टै कोरोनालाई परास्त गरेर काममा फर्कने बताउनु भएकाे छ । आँधीखाेला खबरसँग कुरा गर्दै पत्रकार सुवेदीले भन्नुभयाे, म छिट्टै काममा फर्कने छु ।

नियमित तातो पानी, तुलसी, अदुवा पानी, गुर्जोको रस तथा झोलिलो पदार्थहरु खाईरहेकाे सुवेदीकाे भनाइ छ ।

लामाे समय देखि नेपाल टेलिभिजनकाे स्याङ्जा संवादाताका रूपमा काम गर्दै आउनु भएका पत्रकार सुवेदी थाहा खबर, सिनेकला, मेरो दृष्टि लगायतका आधादर्जन मिडियामा आवद्ध रहनुभएको छ ।

Facebook Comments Box
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि

आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…

TOP