स्याङजा प्रहरीलाई ठुलो सफलता : एकै दिन समातिए एक सय ११ फरार प्रतिवादी ।
स्याङ्जा :
जिल्ला प्रहरी कार्यालय स्याङजाले एकै दिन एक सय ११ जना फरार प्रतिवादी पक्राउ गरेको छ । स्याङजा प्रहरीले जिल्लामा रहेका एक वडा, दुई ईलाका, १८ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय सहित सात वटा युनिट मार्फत बुधबार मात्रै ठूलो संख्याका फरार प्रतिवादी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कर्तव्य ज्यान, हातहतियार तथा खरखजना, जवरजस्ती करणी, शार्वजनिक अपराध अन्तर्गत चोरी, डकैती, बहुविवाह लगायत विभिन्न प्रकृतिका अपराधहरुमा संलग्न भएर फरार रहेका प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । प्रहरी कार्यालयले एक सय ११ प्रतिवादीहरुलाई पक्राउ गरि जिल्ला अदालतमा बुझाएको उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।
पक्राउ परेका फरार प्रतिवादीहरु एक सय ११ जना मध्ये ९७ जना पुरुष र १४ जना महिला रहेका छन । पक्राउ परेका एक सय ११ जना फरार प्रतिवादी मध्ये ९९ जना जरिवाना तिरेर छुटेका छन भने कर्तव्य ज्यान, हातहतियार र जवरजस्ती करणीका १२ जना थुनाका लागि प्रहरीले जिल्ला कारागारमा बुझाईएको प्रहरी प्रबक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
फरार प्रतिवादीहरुलाई प्रहरीले जिल्लाको फेदीखोला, पुतलीबजारको आसपास, वालिङ नगरपालिका र आँधीखोला गाउँपालिका क्षेत्रहरुबाट पक्राउ गरेको हो । त्यसैगरी स्याङजा प्रहरीले विरुवा गाउँपालिका, गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, हरिनास गाउँपालिका, कालिगण्डकी र अर्जुनचौपारी गाउँपालिका आसपासका क्षेत्रहरुबाट फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय स्याङजा रचनात्मक तथा उदाहरणीय कार्य गर्दै २ सय १९ जना फरार प्रतिवादी प्रहरी नियन्त्रणमा परेको छन । जिल्लामा रहेका फरार प्रतिवादी मध्य करिब २५ प्रतिशतको मृत्यु भईसेकेको, करिब २५ प्रतिशत नाम र ठेगाना नमिल्ने रहेका प्रहरीले जानकारी दिएको छ ।
समाचार
थप सामाग्रीवालिङ क्याम्पस,स्ववियुको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न ।
३ दिन अगाडि
वालिङ : स्याङजाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पस,स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत…