निर्माण ब्यवासायीद्धारा प्रमुख जिल्ला अधिकारी बस्नेत र प्रहरी उपरिक्षक वोगटीलाइ स्वागत

Syangja_Nirman Byabasayi

भवानी अधिकारी/स्याङ्जा :
निर्माण ब्यवसायी संघ स्याङ्जाले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई आज स्वागत गरेको छ । झण्डैं एक महिनाअघि सरुवा भई स्याङ्जा आउनु भएको प्रजिअ उमेश बस्नेत र करिब २ महिनाअघि सरुवा भई आउनु भएका प्रहरी उपरीक्षक होविन्द्र वोगटीलाई संघको कार्यालय भवनमा स्वागत गरिएको हो।
दुवै प्रमुखलाई संघका संस्थापक अध्यक्ष गजिन्द्रप्रकाश मल्ल, अध्यक्ष बुद्धिमान शाही र पूर्व जिल्ला विकास समितिका सभापति रामबन्धु रेग्मीले स्वागत एवं सम्मान गर्नुभएको हो।
स्वागत कार्यक्रममा बोल्दै प्रजिअ बस्नेतले विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण सहयोग भएको बताउदै उपलब्धी र कमजोरी स्वीकार गर्दे अघि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाले पुजी मात्र भएर नपुग्ने बताउदै अव आधुनिक उपकरण सहित वातावरणीय पक्षलाई समेत ध्यान दिनुपर्न बताउनुभयो ।
कार्यक्रममा प्रहरी उपरीक्षक वोगटीले ब्यवसायी बिभिन्न दवाव र प्रभावमा पर्ने बताउदै कुनै पनि समय आफुलाई त्यस्तो अप्ठ्यारो भएमा तत्काल जानकारी गराउन सुझाव दिनुभयो। समग्र जिल्ला शान्ति, सुब्यवस्था कायम राख्न आफु लगायत सबै प्रहरी यूनिट तयार रहेकोमा जोड दिनुभयो।
कार्यक्रममा संस्थापक अध्यक्ष गजिन्द्रप्रकाश मल्ल, सदस्य कुमबहादुर गुरुङ बाबु, सचिव हनिफ मिया लगायतले निर्माण ब्यवसायी र जिल्लाका अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
निर्माण ब्यवसायी संघ स्याङ्जाका अध्यक्ष बुद्धिमान शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव कृष्णप्रसाद पोखरेलले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP