स्याङजामा पराल बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु ।
स्याङजा :
स्याङजाको भीरकोटमा पराल बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएकाछन् । गए राती भीरकोटको डौंवा फाँटबाट पराल लिएर सोही वडाको पकानका लागि छुटेको लु १ च २६९६ नम्वरको जीप ग्रामिण सडकबाट ३० मिटर तल खसेको हो ।
दुर्घटनमा परी घाईते भएका स्थानीय १७ बर्षका असिम सेनको उपचारका क्रममा पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
दुर्घटनामा परी जीपमा सवार भीरकोट ५ का ३५ बर्षका शिव सेन,३९ बर्षका मनोज सेन, ५२ बर्षका दील बहादुर सेन र २० बर्षका दीपक काफ्लेकाे कालिका सामुदायिक अस्पतालमा उपचार भईरहेको प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
जीप चालक वालिङ ११ का ३८ बर्षका राजु पंगेनीको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
१ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


