स्याङजामा पराल बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु ।
स्याङजा :
स्याङजाको भीरकोटमा पराल बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएकाछन् । गए राती भीरकोटको डौंवा फाँटबाट पराल लिएर सोही वडाको पकानका लागि छुटेको लु १ च २६९६ नम्वरको जीप ग्रामिण सडकबाट ३० मिटर तल खसेको हो ।
दुर्घटनमा परी घाईते भएका स्थानीय १७ बर्षका असिम सेनको उपचारका क्रममा पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
दुर्घटनामा परी जीपमा सवार भीरकोट ५ का ३५ बर्षका शिव सेन,३९ बर्षका मनोज सेन, ५२ बर्षका दील बहादुर सेन र २० बर्षका दीपक काफ्लेकाे कालिका सामुदायिक अस्पतालमा उपचार भईरहेको प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
जीप चालक वालिङ ११ का ३८ बर्षका राजु पंगेनीको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


