नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा वालिङका पौडेल निर्वाचित ।

sobhakanta paudel 1

स्याङ्जा :
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल निर्वाचित हुनु भएको छ । महासंघको ५४ औं केन्द्रीय अधिवेसनबाट उहाँ निर्वाचित हुनु भएको हो ।
चन्द्र ढकाल समुहबाट खुला केन्द्रीय सदस्यमा चुनाव लड्नु भएका पौडेलले अध्यक्ष ढकालसँगै निर्वाचित हुनु भएको हो ।
नवनिर्वाचित पौडेलले जिल्ला तथा नगर तर्फको १ सय ५ मत मध्ये ६९ मत प्राप्त गर्नु भएको वालिङ उद्योग बाणिज्य संघका महासचिव केशर बहादुर खाँण (धुर्ब)ले जानकारी दिनुभयो ।

को हुन केन्द्रीय सदस्य पौडेल :

स्याङ्जाको साविक बाङ्सिङ गाविस ४ हाल आँधीखोला गाँउपालिका ४ बुवा खडानन्द पौडेल र आमा लिलावती पौडेलका कान्छो छोरा हुन् । सानै उमेर देखि निकै मेहनत गर्न रुचाउने शोभाकान्त पौडेल पढाईमा पनि निकै अब्वल थिए । बुवा खडानन्द पनि व्यवसायीक रुपमा पुतलीबजार नगरपालिका प्रगतिनगरमा फेन्सी पसल गर्दै आएका थिए । २०३९ सालमा खडानन्द व्यवसायी बन्दै गर्दा उनका सबै छोराहरु पनि व्यवसायीमा रुची बढाए । २०५५ सालमा वालिङ भकुण्डेमा पोल्टी फार्म शुरु गरेका शोभाकान्त पौडेल जिल्लामा कुखुराको व्यवसाय राम्रो हुन्छ भन्ने सन्देश दिन सफल व्याक्तिका रुपमा चिनिन्छन् ।

अहिले पनि उनले धेरै युवाहरुलाई बोलयर्स कुखुरा पाल्नका लागि सहयोग गर्दै र बजारको समेत व्यवस्थापन गरिदिदै आएका छन् । पोल्टी फार्म संचालन गर्दै आएका पौडेल २०६० सालबाट वालिङ उद्योग वाणिज्य संघमा साधरण सदस्यका रुपमा प्रवेश गरे । वालिङमा सफल व्यवसायीको पहिचान बनाउन सफल भएका पौडेललाई वालिङ उद्योग वाणिज्य संघले २०६५ सालमा सल्लाहकारका रुपमा मनोनय गरेपछि उनको नीजि क्षेत्र प्रतिको लगाब देखिन्छ ।

.

२०६९ सालमा वालिङ उद्योग वाणिज्य संघको १० औं साधरण सभा तथा पाँचौ अधिवेसनबाट सदस्य पदमा निर्वाचित भएका पौडेल २०७२ सालको १३ औं साधरणसभा तथा छैटौ अधिवेसनबाट अध्यक्षमा निर्वाचित भएका थिए । २०७५ सालमा १५ औं साधरण सभा तथा सातौ अधिवेसनबाट फेरी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका पौडेल हाल सम्म संघको बहाल अध्यक्षका रुपमा कार्यरत रहेका छन् । उनी सदस्यमा निर्वाचित भएपछि वालिङमा मालपोत, नापी कार्यालय ल्याउन महत्वपूर्ण भुमिका खेलेका थिए ।

अध्यक्षमा निर्वाचित भएपछि पौडेलले २ एतिहासिक महोत्सव गर्न सफल भए । दुई कार्याकाल नेतृत्व सम्हालेका पौडेलले जनप्रतिनिधि बिहिन भएका बेला नीजि क्षेत्रले खेलेको भुमिका निकै महत्वपूर्ण रहेको देखिन्छ । हाल पौडेलकै नेतृत्वमा संघको सचिवालय निर्माणको अन्तिम चरणमा पुगेको छ ।

Facebook Comments Box
TOP