पोखरामा पनि ‘राजा आउ, देश बचाउ’ भन्ने नारा घन्कियो
पोखरा : पछिल्लो राजनीति घटनाबाट असन्तुष्ट युवाहरुले बुधबार पोखरामा ‘राजतन्त्र जिन्दावाद’ को नारा लगाउँदै सडक घन्काएका छन्। अब राष्ट्र र राष्ट्रियता जोगाउन देशमा राजसंस्था आवश्यक रहेको भन्दै युवाहरु सडकमा उत्रिए। हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै कोरोनाको कहरको जोखिम मोलेर सयौ युवाहरु सडकमा उत्रिएका थिए।
उक्त अवसरमा ‘राजा लेराऔं देश बचाऔं’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘अखण्ड नेपाल जिन्दावाद’, ‘गणतन्त्र मुर्दावाद’ लगायतका नारा लगाएका थिए। र्यालीमा सहभागी प्रत्येक सवारी साधनमा नेपालको राष्ट्रिय झण्डा, पूर्व राजा ज्ञानेन्द्र र रानी कोमल शाहको तस्वीर समेत टाँसेका थिए।
केही दिन अगाडिदेखि देशव्यापी रूपमा राजतन्त्र तथा हिन्दू राष्ट्रको पक्षमा र्याली तथा आमसभा हुँदै आईरहेको बेला आज पोखरामा राजतन्त्र तथा हिन्दू राष्ट्रको पक्षमा मोटरसाइकल र्याली निकालिएको हो।
.

कास्कीका साथै स्याङ्जा, तनहूँ, पर्वत, लमजुङ लगायत विभिन्न स्थानका नागरिकहरु पश्चिमाञ्चलवासी नेपाली जनता नामक र्यालीमा सहभागी हुन आएका थिए।
प्रहरीको कडा सुरक्षाको घेराबाट निस्किएको र्याली पृथ्वीचोक, मुस्ताङचोक, लेकसाइड, हलनचोक, सभागृहचोक, न्यूरोड हुँदै चिप्लेढुंगास्थित मानवअधिकारचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
र्यारीमा सहभागी शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतले नेपालमा जसरी पनि राजसंस्था ब्युँत्याएरै छाड्ने बताए। उनले आफूहरुको यो अभियानमा देशभरका नागरिकले स्तवःस्फूर्त रुपमा साथ दिएकाले राजसंस्था पुनर्वहाली भएरै छाड्ने विश्वास व्यक्त गरे। समर्थकहरुले विगतका केही दिनदेखि देशका विभिन्न ठाउँहरुमा राजा र राजतन्त्रको समर्थनमा र्याली जुलुस निकालिंदै आइएको छ। हाम्राकुरा डटकमबाट
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


