मन्त्री बस्नेतद्धारा स्याङ्जामा निर्माणधिन सडकहरुको अनुगमन, सिंचाई योजनाको शिलन्यास ।

aandhikhola shilanyas-2

स्याङजा :
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले स्याङजाको आँधीखोला गाँउपालिका र पुतलीबजार नगरपालिकामा प्रदेश सरकारबाट निर्माण भइरहेका योजनाहरुको अनुगमन,नरिक्षण तथा एक सिञ्चाई ायोजनाको शिलन्यास गर्नु भएको छ ।
मन्त्री बस्नेतले एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गतको घुम्ती ज्यामिरे बिरुवा सडकको कालो पत्रे कार्यको निरिक्षण गर्नुभएको छ । त्यस्तै प्रदेश सरकारबाट विनियोजित बाडखोला भाईटारी सडकको कालोपत्रे कार्यको निरिक्षण गर्नु भएको हो ।
मन्त्री बस्नेतले निर्वाचन क्षेत्र सडक अन्तर्गतको तत्काल काम शुरु हुन लागेको नाउडाँडा कार्कीनेटा सडकको कालोपत्रेको तयारीको समेत निरिक्षण गर्नुभएको हो ।
यसैगरी मन्त्री बस्नेतले निर्माणको अन्तिम चरणमा रहेका बास्कोट खोला मोटरेबल पुल र भुवनेखोला मोटरेबल पुलको निरिक्षण समेत गर्नु भएको भौतिक पूर्वाधार विकास मन्त्रालयका अधिकृत एबं मन्त्रीका नीजि सचिवालयका प्रमुख डोलराज पराजुलीले जानकारी दिनुभयो ।
मन्त्री बस्नेतले आँधीखोला गाउँपालिकामा टुनिखोला सिमलचौर ज्यामिरे सिंचाई योजनाको शिलन्यास गर्नु भएको छ ।

.


शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले प्रदेश सरकार अन्तर्गत स्याङजामा ९ वटा सडक कालोपत्रे हुन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो दुई वटाको काम शुरु भईसकेको छ भने अन्य सात वटा सडक समेत यसै बर्ष कालोपत्रे हुनेछन् ।
मन्त्री बस्नेतले गण्डकी प्रदेश सरकारले प्रदेश भर ६० वटा नयाँ पुल बनाईरहेको जानकारी दिनुभयो । त्यस मध्ये ८ वटा पुल स्याङजा जिल्लाका मात्रै छन् मन्त्री बस्नेतले भन्नुभयो ।
टुनिखोला सिमलचौर ज्यामिरे सिंचाई योजना रु २ करोड ८५ लाखमा निर्माण हुन लागेको आँधीखोला गाँउपालिकाका अध्यक्ष सुधीर पौडेलले जानकारी दिनुभयो ।

.


कार्यक्रममा प्रदेश सांसद मीन प्रसाद गुरुङ, नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डाक्टर गिरीधारी शर्मा,पर्बतको फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्मा, नेकपाका बिष्णु पौडेल, कांग्रेसका प्रेमराज पौडेल, सिंचाइ डिभिजन कार्यालय स्याङजाका डिई हिमलाल पौडेल, कुस्मा नगरपालिका वडा नम्वर १४ का अध्यक्ष भीम गुरुङ लगायतले बोलेका थिए ।
आँधीखोला गाँउपालिकाका अध्यक्ष सुधिर पौडेलको सभापतित्वमा सम्पन्न भएको शिलन्यास कार्यक्रममा स्वागत गाँउपालिकाका उपाध्यक्ष शर्मिला पौडेलले गर्नु भएको थियो । त्यस्तै सञ्चालन प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले गर्नु भएको थियो भने धन्यवाद वडा नम्वर ४ का अध्यक्ष चिन्तामणी पौडेलले गर्नु भएको थियो ।

याे पनि पढ्नु हाेस् : वालिङमा सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु

भिडियाे : वालिङमा जनस्वास्थ्य विपदको घोषणा, एक हप्ताकाे बन्दमा के गर्न पाईन्छ के गर्न पाईदैन : नगरप्रमुख खाँण

Facebook Comments Box
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि

आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…

TOP